तनाव या मानसिक चिन्ताको कारण पनि कपाल झर्ने गर्छ !

तनाव या मानसिक चिन्ताको कारण पनि कपाल झर्ने गर्छ !

तनाव या मानसिक चिन्ताको कारण पनि कपाल झर्ने गर्छ !

वंशाणुगत कारण शरीरमा पोषणको कमी प्रदूषण खराब खानपान अत्यधिक केमिलक भएको सामग्रीको प्रयोगका कारण धेरै मानिसहरूलाई कपाल झर्ने समस्याले निकै सताइरहेको हुन्छ ।हालैको एक अनुसन्धानले पत्ता लगाएअनुसार तनाव या मानसिक चिन्ताको कारण कपाल पनि झर्ने गर्छ । आजकलको व्यस्त जीवनमा मानिसहरूसँग खाने र सुत्ने समय हुँदैन । घरपरिवार सम्बन्ध कार्यालय काम पढाइलगायतका अन्य धेरै कारणले तनावलाई जन्म दिन्छ । हार्बर्ड विश्वविद्यालयका अन्वेषकहरूका अनुसार तनावले अणुहरूलाई असर गर्छ जसका कारण कपाल झर्न थाल्छ ।

तनावले कपाल झार्नुका साथै उक्त ठाउँमा नयाँ कपालको वृद्धि पनि हुन दिँदैन । तनावका कारण कपाल झरिरहेको छ भने एक मानिस चाँडै टक्लु बन्न सक्छ । तनावका कारण स्टेम सेललाई सक्रिय हुन समय लाग्छ । र तनावको कारण सेलमा आएको अचानक परिवर्तनले कपालको फोलिकललाई असर गर्ने हार्बर्ड विश्वविद्यालयका अन्वेषकहरूले पत्ता लगाएका हुन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account