ताइवानको आकाशमा चीनले पठायो युद्धविमान !

ताइवानको आकाशमा चीनले पठायो युद्धविमान !

ताइवानको आकाशमा चीनले पठायो युद्धविमान !

चीनले ताइवानको हवाइ रक्षा पहिचान क्षेत्रमा आफ्ना युद्धविमानहरु पठाएको छ । आइतबार आफ्ना १२ वटा युद्ध विमान त्यसतर्फ पठाएको हो ताइवानी टापुलाई लिएर अमेरिकासँग तनाब बढिरहँदा चीनले यस्तो गतिविधि बढाएको हो । साथै अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकाल सम्हाल्ना साथ ताइवानबारे चीनले विमान पठाउँदा चासोका साथ हेरिएको छ ।ताइवानलाई चीनले आफ्नो क्षेत्रको रुपमा शासन गर्दैआएको छ । साथै पछिल्लो समय उसले टापु नजिकै सैन्य गतिविधि बढाउँदै गरेको छ । तर यस विषयलाई लिएर अमेरिकासँग पनि तनाब बढ्ने गरेको छ ताइवानका अनुसार चीनले आठ वटा बम वर्षक विमान र लडाकु विमानहरु शनिबार रक्षा क्षेत्रमा पठाएपछि फेरि युद्धविमान पठाएको हो । ताइवानका रक्षामन्त्रालयले बताए हनुसार चीनले ६वटा जे १०फाइटर प्लेन ४वटा जे १६ २वटा एसयू ३०एउटा वाई ८र २वटा वाई ८पनडुब्बी पठाएको थियो यससँगै चीनको यस्तो गतिविधिले अमेरिकाको ध्यान तान्ने विश्लेषण अन्तर्राष्ट्रिय मिडियाले गरेका छन् । अमेरिकाको भने अन्य धेरै देशसँग जस्तै ताइवानसँग औपचारिक कुटनीतिक सम्बन्ध छैन ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account