दुर्घटनामा ज्यान गुमाएकी महिमाको देवघाटमा अन्त्येष्टि !

दुर्घटनामा ज्यान गुमाएकी महिमाको देवघाटमा अन्त्येष्टि !

दुर्घटनामा ज्यान गुमाएकी महिमाको देवघाटमा अन्त्येष्टि !

काठमान्डौ, कलाकार महिमा सिलवालको नि’धन भएको छ । धादिङको गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा बसको ठक्करबाट बुधबार राती कलाकार सिलवालको नि’धन भएको हो ।भरतपुर महानगरपालिका–१३गीतानगर निवासी सिलवालको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नंको बसको ठक्करबाट निधन भएको हो । बसले सिलवाल सवार बा ९८ प ७०५८ नंको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा महिमाकी दिदी २२ वर्षीया शर्मिला सिलवालको समेत निधन भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकोमा घाइते महिमा सिलवालको उपचारको क्रममा मृत्यु भएको हो भने घा’इते शर्मिला सिलवालको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो ।बहिनीको इन्गेजमेन्टका लागि चितवन जादै गर्दा दुर्घटना भएको थियो । उनको बिहीबार देवघाटमा अ’न्त्येष्टि गरिएको छ ।त्यस्तै सिलवाल एक कार्यक्रममा भाग लिन गत मंगलबार दुबई जाँदै थिइन् तर विमानस्थलबाटै फर्किनु पर्‍यो। कारण थियो अध्यागमन कार्यालयले उनलाई कामका लागि जान लागेको हुनसक्ने भन्दै श्रम स्वीकृती बिना जान दिएन।भाइ सञ्जयका अनुसार उनी दुई दिनमै नेपाल फर्किएर शुक्रबार बहिनीको इन्गेजमेन्टमा सहभागी हुन चितवन पुग्ने कार्यक्रम थियो। तर बुधबार बेलुका सवारी दु’र्घटनामा परेर महिमा र उनकी बहिनी शर्मिलाले सदाका लागि संसार छोडेका छन्

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account