नयाँ उर्जा मन्त्रीलाई कुलमानको दनक !

नयाँ उर्जा मन्त्रीलाई कुलमानको दनक !

नयाँ उर्जा मन्त्रीलाई कुलमानको दनक !

प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष ठूलै तामझामका साथ उद्घाटन गर्नुभएको काठमाडौं उपत्यकामा बिजुलीको तार भूमिगत गर्ने योजनालाई उहाँकै क्याबिनेटका मन्त्रीले चुनौती दिएका छन् । गत फागुन ५गते शहरलाई सुन्दर र व्यवस्थित बनाउन भन्दै तार भूमिगत गर्ने योजनाको प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको थियो । तरनवनियुक्त ऊर्जामन्त्री टोपबहादुर रायमाझीले तार भूमिगत गर्ने काम गलत भएको दाबी गरेका छन् ।टेकुदेखि सिंहदरबारसम्म ६६ केभीको लाइन २० वर्षदेखि जमिनमुनि नै छ । खैकुनै खतरा देखिएको छ र

आइतबार गृहजिल्ला अर्घाखाँची पुगेका मन्त्रीले तार भूमिगत गर्ने काम खतरनाक रहेको भन्दै यस्तो खतरनाक योजना किन अघि बढाइएको होभनेर प्रश्नसमेत गरेका छन् । उनले भनेकति साथी मर्ने हुन्कुलमानजीहरूले नै अन्डरग्राउण्ड बिजुली बनाउन थालेका हुन् । त्यहाँ एस्काभेटरले खन्न थाल्यो भने त्यो खन्ने मान्छे पनि मर्छत्यो धेरै खतरनाक भइराखेको छ । अहिले त्यसबारे अध्ययन भइरहेको छ ।मन्त्री रायमाझीले खतरा भनिरहँदा तार भूमिगत गर्ने योजनाका मुख्य योजनाकार नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले पोलमा टाँगिने तारभन्दा भूमिगत तार सयौं गुणा सुरक्षित हुने बताएका छन् ।

तार अन्डरग्राउण्ड गर्नुको विकल्प छैनयो जत्तिको बाहिर टाङ्गिएको तार सुरक्षित हुनै सक्दैन उनेले भने ।भूमिगत तार असुरक्षित हुँदैन भन्ने कुराको उदाहरण हेर्न धेरै टाढा जानु नपर्ने घिसिङ्गको दावी छ । विश्वका सबै आधुनिक शहरमा बिजुलीका तार अन्डरग्राउण्ड गरिएको हुन्छउनले भने नेपालकै हेर्नुहुन्छ भनेपनि टेकुदेखि सिंहदरबारसम्म ६६केभीको लाइन २०वर्षदेखि जमिनमुनि नै छ । खैकुनै खतरा देखिएको छ र ?अहिलेकै प्रशारण लाइनको अवस्थाबाट उपत्यकामा बढेको विद्युतको माग पूरा गर्न नसकिने निश्कर्ष निकालेर नै नयाँ प्रविधिमा जाने निर्णय गरिएको उनको भनाइ छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account