नेपाली सँस्कृतिको जगेर्ना गर्न अस्टेलियामा खेलियो होली !

नेपाली सँस्कृतिको जगेर्ना गर्न अस्टेलियामा खेलियो होली !

नेपाली सँस्कृतिको जगेर्ना गर्न अस्टेलियामा खेलियो होली !

आफ्नो मातृभूमि छाडेर जनजीविकाका लागि अन्य देशहरुमा कर्म गर्न गए पनि हिन्दु धर्मावलम्बीहरुले आफ्नो चाड पर्वहरु धुमधामसँग मनाउने गर्दे आएका छन् । विशेषतः अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरु यस मामिलामा अझ अगाडि देखिन्छन् । दशैं होस या तिहार होली होस या तीज चाडबाड मनाउने सँस्कृतिको जगेर्ना र प्रवर्धन गर्ने कुरामा नेपालीहरु अरुभन्दा अगाडि नै छन् । यसैको उदाहरण बनेको छ यही वर्ष अष्ट्रेलियाभरीका नेपाली समुदायले मनाएको होलीको खुशीयाली साटासाट कार्यक्रम । गत वर्ष कोरोना महामारीका कारण सामूहिक भेलामा प्रतिबन्ध लगाइएपछि साथीभाइहरुसँग खुलेर होली मनाउन नपाएका अष्ट्रेलियाका नेपालीहरु यस वर्ष भने धुमधाम र हर्षोल्लासका साथ हिन्दुहरुको महान चाड होली मनाएका छन् । होलीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आफ्नो मातृभूमिसँगको सास्कृतिक सम्बन्ध मजबुत बनाउन अष्ट्रेलियाका विभिन्न सहरहरुमा बसोबास गर्दै आएका नेपालीहरुले सद्भावका साथ यो वर्ष होली मनाए ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account