बन्दमा भाटभटेनी खुल्याे भने ‘भित्रै छिरेर आगो लगाउने’ तयारी

बन्दमा भाटभटेनी खुल्याे भने ‘भित्रै छिरेर आगो लगाउने’ तयारी

बन्दमा भाटभटेनी खुल्याे भने ‘भित्रै छिरेर आगो लगाउने’ तयारी

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समुहले भोलि (बिहीबार) नेपाल बन्दको आह्वान गरेको छ।प्रचण्ड समुहले बिहान ५ बजेदेखि नै काठमाडौं उपत्यकामा नेता कार्यकर्तालाई खटाउने तयारी गरिसकेको छ।

प्रचण्डले गरेको बन्द आह्वाना भाटभटेनी सुपरमार्केट खुल्यो भने खतरा निम्तिने भएको छ । प्रचण्ड स्वयमको भाटभटेनीमा लगानी रहेको कुरा चौतर्फी जानकारीमै छ।बुधबार (आज) पत्रकार सम्मेलन गर्दै प्रचण्ड समुहले विद्यालय, यातायात, उद्योग, कलकारखानालगायतका सबै क्षेत्र बन्द गराउन जानकारी दिएको छ।

तर, पावर र प्रचण्डको लगानी भएका कारण भाटभटेनी भोलि खुल्यो भने प्रधानमन्त्री ओली निकट नेकपाका नेताकार्यकर्ताहरुले भित्रै छिरेर आगो लगाउने तयारी गरेका छन्।प्रचण्ड समुहले उपत्यकाको ११ स्थानमा विभिन्न केन्द्रिय सदस्यहरुलाई हड्तालको कमाण्डर तोकेको छ । काठमाडौंका विभिन्न ६ भन्दा बढी ठाउँ एवं काठमाडौं बाहिर समेत भाटभटेनीको शाखा छ।

आम सर्वसाधरणलाई संकट पर्ने गरि घोषणा गरिएको हड्तालमा यदि प्रचण्डको लगानी भएको भाटभटेनी खुल्यो भने आगो नै लगाउँने नेताहरुले बताएका हुन् । स्रोतका अनुसार प्रत्येक भाटभटेनी क्षेत्रमा आगलागी एवं तोडफोडका लागि तयारी भइसकेको छ।

आज मात्रै ललित निवासको जग्गाल हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरु २ करोड धरौटिमा रिहा भएका छन् । रिहाभएको दोस्रो दिन अर्थात भोलि भाटभटेनीका लागि कालो दिन हुनसक्ने देखिएको छ।ओलीनिकट एक नेताले भने, ‘यदि भोलि प्रचण्ड चलाख बने र भाटभटेनी खोलियो भने, भोलिको दिन प्रचण्डका लागि अभिसाप हुनेछ।’

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account