बिरामीको मुुटुमा कोरोनाले कसरी गर्छ हमला ? पहिलाभन्दा ५० प्रतिशत बढी खतरनाक हेर्नुहोस

बिरामीको मुुटुमा कोरोनाले कसरी गर्छ हमला ? पहिलाभन्दा ५० प्रतिशत बढी खतरनाक हेर्नुहोस

बिरामीको मुुटुमा कोरोनाले कसरी गर्छ हमला ? पहिलाभन्दा ५० प्रतिशत बढी खतरनाक हेर्नुहोस

कोरोनाभाइरसको दोस्रो लहर युवाका लागि बढी खतरनाक साबित भइरहेको छ । यस्ता थुप्रै मामिला देखिइसकेका छन् जहाँ संक्रमित व्यक्तिमा कार्डिएक अरेस्ट र ब्लड क्लटिङको समस्या देखिएको छ । अक्सिजन र औषधीका कमीका कारण पनि स्थिति दिनप्रति भयावह हुँदैछ । यस विषयमा स्वास्थ्य विज्ञले एक भारतीय मिडियासँग बिस्तारमा कुराकानी गरेका छन् ।

यसबारे फार्टिस अस्पतालका अध्यक्ष डा. अशोक शेठले भने म्युटेन्ट भाइरस अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी संक्रामक भएको छ । अर्को धेरैजसो युवा जागिर र कुनै आवश्यक कामका लागि बाहिर निस्किरहेका छन् । यसैकारण उनीहरु संक्रमित हुने सम्भावना पनि बढिरहेको छ । त्यसैले पनि यसपटक संक्रमितमा युवाको संख्या बढी छ ।

डा. सेठले थपे दुर्भाग्यवश यो भाइरसले मानिसहरुको मुटुको गतिलाई पनि हानी पुर्‍याइरहेको छ । यसले मुटुमा रगत जम्ने समस्या पनि बढाउन सक्छ । यो रगत फोक्सो र धमनीमा पनि जम्न सक्छन् । यस्तो हुँदा बिरामीमा हृदयघातको सम्भावना निकै बढ्ने गर्छ ।

डा. सेठका अनुसार कोरोनाका कारण मुटुको मांसपेशी कमजोर हुने गर्छ । मुटु सुन्निने भएकोले यस्तो हुन्छ । यसका कारण हार्ट फेलियर रक्तचापमा समस्या र मुटुको धड्कनको गति छिटो र ढिलो हुन थाल्छ । फोक्सोमा रगत जम्ने भएका कारण मुटुको स्वास्थ्यमा नकारात्मक असर पर्छ । यस्तो समस्या युवामा बढी देखिएको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account