भारतिय ज्वाई र नेपाली चेलीले परिवारलाई सम्झेर रुदै नेपाल छाडे !

भारतिय ज्वाई र नेपाली चेलीले परिवारलाई सम्झेर रुदै नेपाल छाडे !

भारतिय ज्वाई र नेपाली चेलीले परिवारलाई सम्झेर रुदै नेपाल छाडे !

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलाकर्णाली र सुदूरपश्चिमका लागि मोबाइल र इन्टरनेटमा विशेष छूट दिने सञ्चारमन्त्रीको घोषणा काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कर्णाली र सुदूरपश्चिमका जनताका लागि मोबाइल र इन्टरनेटमा विशेष छूट दिने विशेष घोषणा गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

र बजेटका लागि सांसदहरुबाट सुझाव संकलन गर्न आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यस्तो घोषणा गरेका हुन् । विकासका हिसाबले कर्णाली र सुदूरपश्चिम तुलनात्मक रुपमा पछाडि परेको भन्दै उनले त्यस क्षेत्रलाई विशेष रुपमा सम्बोधन गरिने उनको भनाई थियो । ‘दूरसञ्चार कम्पनी र इन्टरनेट सेवाप्रदायकमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका लागि विशेष छूट उपलब्ध गराउने छौं

उनले भने ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्‍याउनका लागि स्थापना गरिएको ग्रामीण दूरसञ्चार कोषको रकम त्यसका लागि प्रयोग गरिनेछ ।’त्यस बाहेक सेवाप्रदायक कम्पनीहरुको व्यवसायिक सामाजिक उत्तरदायीत्वको रुपमा समेत थप कार्यक्रम सञ्चालन गर्ने मन्त्री गुरुङको तयारी छ । उनले अगाडि भने, ग्रामीण तथा दुर्गम क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै सीएसआरको रुपमा समेत

विभिन्न कार्यक्रम अगाडि बढाउने छौं ।ता कि त्यस क्षेत्रका जनता दूरसञ्चार र इन्टरनेट सेवाबाट बञ्चित हुन नपरोस् । प्रविधिमा पछि पर्न नपरोस् । सेवाप्रदायकहरुले अब जनसंख्याको आधारमा मात्रै होइन भूगोलको आधारमा समेत आफ्नो सेवा विस्तार गर्न आवश्यक छ । त्यसका लागि कार्यविधिहरुमा समेत आवश्यक परिमार्जन गरिनेछ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account