मनकामना केबलकार बन्द हुने !

मनकामना केबलकार बन्द हुने !

मनकामना केबलकार बन्द हुने !

मनकामना केबलकार ६ दिनका लागि बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो ।केबलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मत, सम्भारका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालीले जनाएकाे छ ।

चैत ३१ गतेदेखि फेरि नियमित सञ्चालनमा आउने कम्पनीले निकालेकाे विज्ञप्तिमा जनाइएकाे छ । यस अवधिभर चितवनको इच्छाकामना ४ चेरेसकाे बटम स्टेशनमा रहेको रेस्टुरेन्ट भने यथावत् सञ्चालनमा रहने प्रालीले जनाएको छ । २३ वर्षअघि स्थापना भएको नेपालको पहिलो केबलकार एनालगबाट डिजिटल प्रविधिमा जाने भएको हो गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालीले २०५५ साल मङ्सिरबाट सञ्चालनमा ल्याएको मनकामना केबलकार तीन चरणमा स्तरोन्नति गरिने मनकामना दर्शन प्रालीले जनाएको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account