मेलम्चीको पानी त आयो, तर पानी ल्याउने क्रममा ज्यान गुमाएका इन्जिनियर र बेपत्ता चालकबारे कसैले गरेनन बोल्ने कस्ट

मेलम्चीको पानी त आयो, तर पानी ल्याउने क्रममा ज्यान गुमाएका इन्जिनियर र बेपत्ता चालकबारे कसैले गरेनन बोल्ने कस्ट

मेलम्चीको पानी त आयो, तर पानी ल्याउने क्रममा ज्यान गुमाएका इन्जिनियर र बेपत्ता चालकबारे कसैले गरेनन बोल्ने कस्ट

काठमाडौं । मेलम्चीको मुहान भएको हेलम्बु गाउँपालिका–१, अम्बाथानको १७ नम्बर गेट गत असार ३० मा फुट्दा पानीले इन्जिनियर सतीश गोइत र सवारी चालक राधाकृष्ण थापामगरलाई बगायो । यो घटनाको आठ महिना २० दिनपछि गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको उद्घाटन गरिन् ।त्यसयता मेलम्चीको पानी काठमाडौं ल्याएको जस लिने राजनीतिक भाषण सार्वजनिक वृत्तमा बाक्लिएका छन् । तर यही मेलम्चीकै पानी ल्याउने क्रममा ज्या न गुमाएका इन्जिनियर र बेपत्ता चालकबारे कसैले बोल्ने ‘कष्ट’ गरेनन् ।

हराएका सवारी चालक राधाकृष्णको दाहसंस्कार परिवारले श वबिनै गरिसकेको छ । श व नभेटिँदै घटनाको ५ महिना १० दिनपछि गत फागुन १० मा खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर हतारका साथ मेलम्चीको मुहानस्थल पुगेका थिए तीनै जनाले कन्ट्रोल कक्षको स्विच थिचेर उद्घाटन गरेपछि अस्थायी डाइभर्सनबाट सुरुङको मुख्य गेटसम्मको २ सय ७० मिटर पानी बग्यो । त्यसपछि मेलम्चीको पानी काठमाडौंसम्म ल्याइपुर्‍याउने काम विभिन्न चरणमा चल्यो । घटना हुँदा राधाकृष्णका छोरा संगम मलेसियामा थिए । कोरोना संक्रमणको दर तीव्र बनेकाले मलेसिया–काठमाडौं उडान भन्नेबित्तिकै हुने अवस्थामा थिएन । घटनाको दुई सातापछि बल्लतल्ल उनी नेपाल आए । सुरुवाती दिनमा सुरक्षा निकायले पनि राधाकृष्णको श व खोज्न चासो देखाएको थियो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account