विश्वासको मत दिन माओवादी केन्द्रको अपिल !

विश्वासको मत दिन माओवादी केन्द्रको अपिल !

विश्वासको मत दिन माओवादी केन्द्रको अपिल !

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ। दलकी प्रमुख सचेतक सीता नेपालीले आज (बिहीबार) प्रेस विज्ञप्ति जारी गर्दै भोलि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी हुन्।

कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्तर्गतको पहिलो बैठक भोलि (शुक्रबार) दिउँसो २ बजे बोलाइएको छ। उक्त बैठकमा सरकारले विश्वासको मत लिने कार्यसूची रहेको बताइएको छ।प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नु हुन कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्नु हुने सबै राजनीतिक दल र सम्बद्ध माननीय सदस्यज्यूहरूमा हार्दिक अपिल गर्दछु विज्ञप्तिमा उल्लेख छ।

गच चैत ५ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादी केन्द्र नेतृत्वको सरकार अल्पमतमा छ। सरकारको निरन्तरताका लागि भोलि हुने बैठकमा माओवादी केन्द्रका प्रदेश सभा दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले विश्वासको मत लिनुपर्ने छ।४० सिट रहेको प्रदेशसभामा अहिले ३९ सांसद् छन्, जसमा माओवादी केन्द्रका १२ सांसद् छन्। उसले एक सांसद्लाई कारवाही गरिसकेको छ। माओवादी केन्द्रलाई बहुमतको सरकार बनाउन थप ८ सांसद्को समर्थन आवश्यक छ, जुन एमालेको समर्थनबिना सम्भव छैन।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account