विश्व बैंक : दक्षिण एसियाली मुलुकमा जीडीपीको ०.५% कोभिड भ्याक्सिनमा खर्च हुन्छ

विश्व बैंक : दक्षिण एसियाली मुलुकमा जीडीपीको ०.५% कोभिड भ्याक्सिनमा खर्च हुन्छ

विश्व बैंक : दक्षिण एसियाली मुलुकमा जीडीपीको ०.५% कोभिड भ्याक्सिनमा खर्च हुन्छ

काठमाडौं । दक्षिण एसियाली मुलुकहरुमा कोभिड १९ विरुद्धको खोप कार्यक्रमका लागि कूल ग्राहस्थ उत्पादन को ०.५ प्रतिशत बराबर खर्च हुने अनुमान गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘साउथ एसिया इकोनोमिक फोकस २०२१’ रिपोर्ट अनुसार कोभिड १९ विरुद्धको खोप अभियानका लागि यस क्षेत्रमा रहेका ९ वटा देशहरुको कूल जीडीपीको आकारको करिब ०.५ प्रतिशत खर्च हुनेछ
कोभिड विरुद्धको खोप अभियान सफल बनाउनका लागि दक्षिण एसियाली मुलुकहरुले विश्व समूदायसँग गर्नुपर्ने सहकार्य पनि उत्तिकै आवस्यक र महत्वपूर्ण हुने ठानिएको छ ।

सीमित स्रोत साधनका कारण सबै देशले आफ्ना नागरिकका लागि भ्याक्सिन किन्न सक्ने छैनन भने आम मानिसहरु आफै पैसा तिरेर भ्याक्सिन लगाउन पनि तयार हुनेछैनन ।यसवर्ष दक्षिण एसियाको कूल ग्राहस्थ उत्पादन ५.४ प्रतिशतले घट्ने विश्व बैंकको तथ्यांक छ । तर सरकारी खपत भने १६.७ प्रतिशतले बढेको छ । त्यस्तै २०२० को तुलनामा २०२१ मा वित्त घाटा ४.८ प्रतिशत बिन्दुसम्म घट्नसक्ने अनुमान गरिएको छ ।यो क्षेत्रमा खोप लगाउने काम भर्खरै मात्र शुरु भएको छ ।

अरु महादेशको तुलनामा दक्षिण एसियाको खोप अभियान ०.५५ प्रतिशतले महंगो हुने ठानिएको छ ।यस क्षेत्रमा कोभिड १९ ले पारेको आर्थिक प्रभावको आँकडा भने निकै उच्च छ ।सार्क मुलुकहरु समेट्ने दक्षिण एसियाली क्षेत्रका देशहरुको आर्थिक वृद्धिदर सन २०२० मा ऐतिहासिक रुपमा कमजोर अवस्थामा पुगेको थियो ।यद्यपि कोरोना भाइरस महामारीका बाबजुद पनि यस क्षेत्रमा विश्व बैंकले २०२१ मा ७.२ प्रतिशत र २०२२ मा ४.४ प्रतिशतको आर्थिक वृद्धि अनुमान गरेको छ

Sanima Bank Ads

https://www.facebook.com/samridhnepal1

Samridhi

Related Posts

leave a comment

Create Account



Log In Your Account