सहकारीले भन्दा चर्को ब्याज लिँदै एनआएसी एशिया, तिरिसकेको कर्जामा ब्याज बढाएर किस्ता तिर्न बोलायो !

सहकारीले भन्दा चर्को ब्याज लिँदै एनआएसी एशिया, तिरिसकेको कर्जामा ब्याज बढाएर किस्ता तिर्न बोलायो !

सहकारीले भन्दा चर्को ब्याज लिँदै एनआएसी एशिया, तिरिसकेको कर्जामा ब्याज बढाएर किस्ता तिर्न बोलायो !

एनआइसी एशिया बैंकले ऋणीसँग सहकारी संस्थाले भन्दा पनि चर्को ब्याज लिएको पाइएको छ हाल ऋण प्रवाह गरी व्यवसाय गर्ने वित्तीय संस्थाहरुमा सबैभन्दा महंगो ब्याजदर सहकारीले लिन्छन् । सहकारीले अधिकतम १५ प्रतिशतसम्म ब्याजदर लिन पाउने व्यवस्था गरिएको छ ।तर सहकारीले भन्दा महंगो करिब १६ प्रतिशत ब्याज एनआइसी

एशिया बैंकले तोकेको तथ्य बाहिर आएको छ कर्जाको मंहगो ब्याजमात्र नभएर बैंकले कर्जा चुक्ता गरिसकेको ऋणीलाई समेत चर्को ब्याज बढाएर पत्र काटेको पाइएको छ चैत मसान्तमा कायम गरेको एनआइसी एशिया बैंकको बेसरेट ६.७७ प्रतिशत छ । राष्ट्र बैंकले बैंकहरुको ब्याजदर एकल अंकमा ल्याउन निर्देशन दिएसँगै सबै वाणिज्य बैंकहरुले एकल अंकमै बेसरेट कायम गरी कर्जा प्रवाह गरिरहेका छन् ।

तर एनआइसीले भने नियामकको नीतिमा चलाखी गर्दै सस्तो बेसरेटमा महंगो प्रिमियम थप गरी सहकारी संस्थाहरुले तोकेको कर्जाको ब्याजदरभन्दा महंगो बनाएको छ । साथै वेवसाइटमा राखिएको प्रिमियमभन्दा बढी ग्राहकलाई लिएकोसम्म पाइएको छ ।चुक्ता गरेको कर्जाको १६ प्रतिशत ब्याजएनआइसीबाट २०७३ साल माघ १९ गते बिराटनगरका दिनेश सुवेदीले सोही

क्षेत्रको बैंकको शाखा कार्यालयबाट घर कर्जा लिएका थिए । सुवेदीले आफ्ना छोराहरु दिपेश र दिवश सुवेदीको नाम रहेको कम्पनी धितो राखी बैंकबाट ४ करोड ६० लाख रुपैयाँ घर कर्जा लिएका थिए । करिब ४ वर्ष अघि मासिक १३.४९ प्रतिशत ब्याजदरमा १५ वर्षे घर कर्जा लिएका सुवेदीले गत फागुन मसान्तमै कर्जा चुक्ता गरिसकेको दावी गर्छन् किलिकमांडू बाट ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account