सिन्धुलीको डकाहावासीले गरे मदन भण्डारी राजमार्ग ५ घण्टा अवरुद्ध !

सिन्धुलीको डकाहावासीले गरे मदन भण्डारी राजमार्ग  ५ घण्टा अवरुद्ध !

सिन्धुलीको डकाहावासीले गरे मदन भण्डारी राजमार्ग ५ घण्टा अवरुद्ध !

सोमवार विहान १०बजे देखि अबरुद्ध भएको मदन भण्डारी राजमार्ग दिउसो ३बजेबाट सूचारु भएको छ शनिवार दुधौलीबाट डकाहा तर्फ जाँदै गरेको प्रदेश २ ०००१ ह ०६५५ नम्बरको अटोको ठक्करबाट बा३४प ५५७९नम्बरको मोटरसाईकलमा त्रिवेणी मेला हिडेका दुधौली नगरपालिका ४ का स्थानीय रामचन्द्र कुमरका २१ वर्षिय छोरा सुनिल कुवरको उपचारकै क्रममा मृत्यु भए पछि स्थानीयले अवरुद्ध गराएको राजमार्ग राजमार्ग दिउसो ३ बजे सूचारु भएको हो शनिवार दिउसो अन्दाजी १ बजेको समयमा त्रिवेणी मेला हेर्न डकाहाबाट दुधौली तर्फ आउँदै गर्दा अटो मोटरसाईकल एक आपसमा ठोकिएको थियो । अटोको ठक्करबाट मृतक सुनिल गम्भीर घाईते भएका थिए । घाईते सुनिललाई उपचारका लागि जनकपुर लगिएकोमा त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारका लागि काठमाण्डौं रिफर गरिएकोमा टिचिङ्ग हस्पिटलमा उनको मृत्यु भएको थियो । सुनिलका आफन्त उनी सँगै पढ्ने विद्यार्थीहरु सहित डकाहा चोकमा विच सडकमा बाँसको ढाट तेरसाएर सडक अवरुद्ध गर्न बसेका स्थानीयले एम्बुलेन्स चालकले घाईतेलाई सिधै काठमाण्डौं लैजानु पर्नेमा जनकपुर लगेर लापरवाही गरेको आरोप लगाएका थिए । उनीहरुले प्रसासनले मृतक सुनिललाई ठक्कर दिने अटोका चालकलाई पक्राउ गरी तत्काल कार्वाही गर्नु पर्ने लापरवाही गर्ने एम्बुलेन्स चालकलाई समेत कार्वाही गर्नु पर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिलाए सम्म सडक खुल्न नदिने बताएका थिए । उनीहरुका अनुसार सुनिल सवार मोटरसाईकललाई अटोले ठक्कर दिनुमा अर्को नम्बर नखुलेको मोटरसाईक दोषी भएको भन्दै सो मोटरसाईकल र त्यसका चालकलाई समेत पक्राउ गर्नु पर्ने भन्दै सडक अवरुद्ध गरेका थिए प्रहरीले स्थानीयको माग अनुसार अटोचालक, नम्बर नखुलेको मोटरसाईकलका चालकलाई समेत पक्राउ गरी थप अनुसन्धान सुरु गरे पछि स्थानीय सडक अवरुद्ध हटाउन तयार भएका ईलाका प्रहरी कार्यालय डकाहा सिन्धुलीले जनाएको छ उके एफम ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account