सेनामा जंगल वारफेयर तालिम पुरा गर्ने पहिलो महिला सैनिक बनिन् राधिकानेपाली सेनामा पहिलो पटक महिलाले जंगल वारफेयर तालिम सफलतापूर्वक सम्पन्न गरेकी छन्अति चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सम्पन्न गरेकी हुन।उनी यो तालिम गर्ने पहिलो महिला सैनिक भएको सैनिक मुख्यालयले जनाएको छ।विशेषगरी सुरक्षा अंगको प्रतिविद्रोह तथा प्रतिआतंकवाद क्षमता अभिवृद्धि गर्न जंगल युद्धकला तालिम अति महत्वपूर्ण अंग मानिन्छ। नेपाली सेनाद्वारा कलैयामा सञ्चालित प्रतिविद्रोह तथा जंगल ‘वारफेयर’ मा सिपाही थापाले तालिम पुरा गरेकी हुन्।
प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयमा १८कात्तिक देखि माघसम्म तालिम संचालन भएको थियो। सिपाही राधिका यसै शिक्षालयमा कार्यरत रहेकी थिइन्।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ थापाटोल बस्ने भिमबहादुर थापाको नातिनी पूर्ण बहादुर थापाको छोरी सिपाही राधिका थापा १५असार २०६९मा सैनिक सेवा प्रवेश गरेकी थिइनउनी सैनय तलिमपछि २४ जेठ २०७० बाट शिक्षालयमा कार्यरत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छराधिकाले उच्चस्तरको शारिरिक एवं मानसिक क्षमता माग गर्ने प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरि साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको सेनाले जनाएको छ।तीन महिनाको अवधीसम्म चल्ने अत्यन्तै कठिन तालिमको रुपमा लिइएको उक्त तालिममा जंगल नेभिगेशन धराप निर्माण गर्ने जंगलमा बाच्ने कला तथा सर्पदंश ब्यवस्थापन लगायत बिभिन्न सैनिक ज्ञान र सीपहरु सिकाइन्छ।