हनिमुन नसकिदै मुख्यमन्त्री राईलाई धर्मसंकट !

हनिमुन नसकिदै मुख्यमन्त्री राईलाई धर्मसंकट !

हनिमुन नसकिदै मुख्यमन्त्री राईलाई धर्मसंकट !

नेकपाका नेता पूर्व केन्दि्रय मनि्त्र एवं वर्तमान प्रदेश सरकारका प्रदेश नम्बर १का मुख्यमन्त्री शेरधन राई धर्मसंकटमा परेका छन् । आइतबार मात्रै विवाह बन्धनमा बाधिएका राईमाथि विवाह खुसीको खबर भएपनि मुख्यमन्त्री पद भने खुसि्कन लागेको चर्चा हुन् थालेको छ काठमाडौंका आलिसन पार्टी प्यालेसमा विहे गरेर हनिमुनको रौनकमा रहेका मुख्यमन्त्री राईविरुद्ध अहिले नेकपाका आफ्नै समूहका नेताहरु पनि रुष्ट भएका छन् ।

प्रचण्ड–माधव समूहका सांसदलाई आफूतिर तान्ने प्रयासमा रहेका मुख्यमन्त्री राई आफ्नै समूहका सांसद अर्कातिर लागेकोबाट भने बेखबर छन् । त्यसमाथि कांग्रेसले राईलाई समर्थन नगर्ने संकेत दिएको छ नेपाली कांग्रेसका २१ जना सांसदमध्ये अहिलेसम्म राईको पक्षमा उभिनुपर्छ भन्ने तर्क गर्ने सांसदको संख्या ५जनामात्रै रहेको स्रोत बताउछ । संसदीय दलका नेतादेखि प्रमुख सचेतक सचेतक पनि मुख्यमन्त्री राईलाई हटाउनुपर्ने पक्षमा छन् । प्रदेश १को संसदीय दलमा सभापति शेरबहादुर देउवा पक्षका सांसदको संख्या अल्पमत छ त्यसैले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा सांसदहरु मुख्यमन्त्रीमा राईलाई हटाउनुपर्ने पक्षमा उभिएका छन् । बरु मुख्यमन्त्री नभएपनि हुन्छ तर राईलाई जसरी पनि हटाउनुपर्छ भन्ने अभियान सुरु भएको छ ।अहिलेसम्म १६जना सांसद वरिष्ठ नेता पौडेलको पक्षमा देखिएका छन् । संसदीय दलका नेता राजीव कोइराला प्रमुख सचेतक केदार कार्की खुलेरै मुख्यमन्त्री राईको विरुद्धमा लागेका छन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account