हलेसी मन्दिरमा एक महिनामा छ लाख भेटी सङ्कलन !

हलेसी मन्दिरमा एक महिनामा छ लाख भेटी सङ्कलन !

हलेसी मन्दिरमा एक महिनामा छ लाख भेटी सङ्कलन !

महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा रु साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो । हिन्दू बौद्ध र किराँत धर्मावलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मङ्सिर १६गतेदेखि यही पुस ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट रु पाँच लाख ६४हजार २९०भेटी सङ्कलन भएको हो गत चैत ८ गतेदेखि मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने गत मङ्सिर १६ गते खुला गरिएको थियो । हलेसी खुला गरिएको महिना दिन नपुग्दै सो सङ्ख्यामा भेटी सङ्कलन भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो हलेसी तुवाचुङ नगरपालिका७महादेवस्थानमा रहेको हलेसीको शिवपार्वती थानबाट रु तीन लाख ३०हजार ५९५बसाहा गुफामा राखिएको दानपेटिकाबाट रु २९हजार ६३५र गणेश मन्दिरमा राखिएको दानपेटिकाबाट रु १४हजार ७०भेटी सङ्कलन भएको छ गत चैत ६गतेदेखि पुस ८गतेका बीचमा मन्दिरको प्राङ्गणमा राखिएको दानपेटिकामा रु एक लाख ८९हजार ९९०भेटी सङ्कलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । दर्शनार्थी तथा भक्तजनले भारु ६५० र अमेरिकन डलर एक रुपैयाँ चढाएका छन् । यस्तै १०६.५०ग्राम चाँदी र १.३ग्राम सुन सङ्कलन भएको सूचना केन्द्रले जनाएको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account