हाइड्रोले बनाएको खाडलमा पौडी खेल्न गएका दाजुभाईको मृत्यु, भाईलाई बचाउन गएका दाजुले पनि गुमाए ज्यान !

काठमाडौ । इलाम माइजोगमाइ गाउपालिका वडा नम्बर ६ साविक सयोङ पाच निवासी डम्बर बहादुर ढकालको परिवारमा वज्रपात परेको छ । हाइड्रो कम्पनीले बनाएको खाल्डोमा पौडी खेल्न गएका उनका दुवै छोराहरु कहिल्यै नफर्कने गरी अस्ताए । ढकालका कान्छो र साइलो छोराको निधन भएको छ सोयाङ र सिङफिरिङ को फेदी अठ्ठारे मा हाइड्रो ले बनाएको खाडलमा परि निधन भएको हो । हाइड्रोले बनाएको खाडलमा कान्छो भाइ पौडी खेल्न लागेका थिए । उनी पौडी खेल्ने क्रममा डुब्न लागे । भाईलाई डुब्दै गरेको देखेर दाई उनलाई बचाउन गए । बचाउन गएका दाईले भाईलाई त बचाउन सकेनन् आफु पनि खाडलवाट बाहिर निस्कन सकेनन् । अन्तत दुवै जनाको निधन भयो एकै परिवारका दुई दाजुभाईको निधनले ढकाल परिवारमा वज्रपात परेको छ भने पुरै गाउँ शोकमा डुबेको छ । गाउँका दुई छोराको निधन भएपछि उनका आफन्तले सामाजिक सञ्जाल फेसवुकमा माथिको तस्बिर राखेर निकै मार्मीक स्टाटस लेखेका छन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account

Log In Your Account