२५ वर्षीय शाहीको दुर्घटना परि मृत्यु ! भर्खरै गरेको थिए बिहे !

२५ वर्षीय शाहीको दुर्घटना परि मृत्यु ! भर्खरै गरेको थिए बिहे !

२५ वर्षीय शाहीको दुर्घटना परि मृत्यु ! भर्खरै गरेको थिए बिहे !

बाँकेको कोहलपुरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । कोहलपुर नगरपालिका–३किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९नंको बस र कोहलपुरतर्फ आउँदै गरको भे१प५६१नं को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५वर्षीय वीरेन्द्र शाहीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभयो उहाँका अनुसारदुर्घटनामा परी घाइते हुनुभएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था गम्भीर रहेको छ भने पैदलयात्री कोहलपुर ३का १९वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ । घाइतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस चालक फरार रहेका छन् ।उनको मृत्यु पछि कोहलपुर चौराहामा गरिएको चक्काजाम गरिएको थियो भने किरण खोला नजिक जहाँ दु’र्घटना भएको उक्त ठाउँमा टायर बालेर कारवाहीको माग गर्दै प्रदसन भएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा बस धनी समिति प्रहरी र पीडित पक्षबीच वार्ता हुने सहमती भएपछि दुई घण्टादेखिको चक्काजाम खुलेको हो ।चक्काजाम साढे १२ बजेदेखि खुलेको थियो । दुर्घटना लगत्तै स्थानीयहरुले किरणनालामा समेत टायर बालेर प्रदर्शन गरेका थिए । केही बेर उक्त सडकखण्ड तनावग्रस्त बनेको थियो ।शाहीको ३ महिना अघि मात्र बिवाह भएको थियो । उनि कोहलपुरका लोककल क्रिकेट खेलाडी पनि रहेको खुलेको छ । उनको मृत्यु पछि आज कोहलपुर सोकमा डुबेको छ भने उनका साथीभाई आफन्तले उनको तस्विर फेसबुकमा राखी श्रद्धाञ्जली अर्पण गर्दै यो घटनाले निकै दुखि तुल्याएको बताएका छन्

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account