५३ करोड फेसबुक प्रयोगकर्ताको डेटा लिक, तपाईंको त परेन ?

५३ करोड फेसबुक प्रयोगकर्ताको डेटा लिक, तपाईंको त परेन ?

५३ करोड फेसबुक प्रयोगकर्ताको डेटा लिक, तपाईंको त परेन ?

५३करोड ३०लाख फेसबुक प्रयोगकर्ताको डेटा लिक भएको छ । फेसबुक र टेलिग्राम एप एउटै फोनमा प्रयोग गर्ने प्रयोगकर्ताको लिक भएको व्यक्तिगत विवरण अनलाइनमार्फत बिक्रीमा राखिएको छ फेसबुक प्रयोगकर्ताको यो डेटा लिक टेलिग्राम एपको बटमार्फत भएको बताइएको छ । भाइसको रिपोर्ट अनुसार लिक भएका फेसबुक अकाउन्टमा रहेको मोबाइल नम्बरको बिक्री २०अमेरिकी डलरमा भइरहेको छ त्यस्तै थोकमा १०हजार व्यक्तिको जानकारीका लागि पाँच हजार अमेरिकी डलर मोल राखिएको छ । अन्य डेटा समेत यसैगरी बिक्री भइरहेको छ रिपोर्टमा दाबी गरिएअनुसार यो डेटा सुरक्षित म्यासेजिङ एपको रुपमा प्रचार गरिएको टेलिग्राम एपबाट लिक भएको हो । डेटा लिक भएको समाचार बाहिर आएपछि फेसबुकले त्यस्तो बटले सन् २०१९पछि बनेका अकाउन्टमा भने काम नगर्ने बताएको छ सोझो अर्थमा भन्ने हो भने यो लिकबाट त्यस्ता प्रयोगकर्ताहरु प्रभावित भएका छन् जसको अकाउन्ट सन् २०१९ अघि बनाइएको थियो । फेसबुकका अनुसार ह्याकिङबाट सन् २०१९ भन्दा अगाडि बनाइएका अकाउन्टमा टेलिग्रामबाट पहुँच बनाउन सकिने अवस्था रहेको छ यदि कुनै व्यक्तिले कसैको फेसबुक आईडी थाहा पाएको भनेबटमार्फत त्यस्तो प्रयोगकर्ताको मोबाइल नम्बर पत्ता लगाउन सक्ने जोखिम रहेको थियो । त्यसैगरी यदि कुनै व्यक्तिको फोन नम्बर छ भने उक्त व्यक्तिको फेसबुक आईडी पत्ता लगाउन समेत यो बट प्रयोग गर्न सकिने अवस्था रहेको थियो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account