सुनसरीको इटहरी–१२ खनारस्थित तिरूपति प्लाई उद्योगमा सोमबार बिहानैदेखि भीषण आगलागि भएको छ। आगलागिको कारण पत्ता नलागेपनि विद्युत सर्ट भएर हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।आगलागिबाट उद्योगमा रहेको कच्चा पदार्थलगायत जिन्सिसहित महत्वपुर्ण कागजपत्र जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। आगो निभाउने प्रयास जारी रहेपनि नियन्त्रण बाहिर गएको कारण सर्वसाधरणदेखि सुरक्षाकर्मिहरूको बाक्लो उपस्थिति देखिएको छ।
इटहरी इनरूवा दुहबी धरानलगायतको बारूण यन्त्र स्थानीय प्रहरी प्रशासनले आगो नियन्त्रण लिने प्रयास जारी राखेका यद्यपि आगलागिको कारण के कति क्षति भएको हो सो विवरण प्राप्त भएको छैन। त्यस्तै नकुटा बजार र आसपासको क्षेत्रका वनमा दुई दिन अघिदेखि लागेको भीषण डढेलोबाट हालसम्म चार घर जलेर नष्ट भएका छन् ।
धनकुटा नगरपालिका वडा नं.८ को टेकुनाला क्षेत्रबाट शनिबार दिउँसो सल्किएको डढेलोबाट वडा नं.७ र ८को चुलीवन पर्यटकीय क्षेत्र मगर बस्ती र आसपासका गाउँ अझै पनि जोखिममा रहेका छन् ।स्थानीय धनबहादुर पौडेल इन्द्रबहादुर रसाइलीको दुई घर र गोठ जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।जोखिममा रहेका अन्य घरबस्ती जोगाउन शनिबार अपरान्हदेखि धनकुटाका २ सहित धरान विराटनगर दमक तेह्रथुमको लालीगुराँस नगरपालिकाको सहित ६वटा दमकल प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सन्तु देशवारले जानकारी दिए । अहिले पनि धनकुटा–७ चुलीवन रानीवन स्वारिफा डाँडा याक्ते पेलेक्पाङको माथिल्लो भेग साङ्ताङको माथिल्लोभेगमा डढेलो लागिरहेको छ ।