पत्रकार महासङ्घ निर्वाचन : आफ्नै समर्थक दलको नाम भन्न किन डराउँछन् उम्मेदवार : पत्रकार महासङ्घ निर्वाचन

पत्रकार महासङ्घ निर्वाचन : आफ्नै समर्थक दलको नाम भन्न किन डराउँछन् उम्मेदवार : पत्रकार महासङ्घ निर्वाचन

पत्रकार महासङ्घ निर्वाचन : आफ्नै समर्थक दलको नाम भन्न किन डराउँछन् उम्मेदवार : पत्रकार महासङ्घ निर्वाचन

नेपाल पत्रकार महासङ्घको निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका दुवै प्यानलका उम्मेदवार मतदातासम्म पुग्ने प्रतिस्पर्धामा छन्। चैत २५ मा हुने निर्वाचनमा सत्ताधारी दल र प्रमुख प्रतिपक्षी दल निकट पत्रकारहरू २ वटा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्। केही स्वतन्त्र उम्मेदवारहरू समेत चुनावी मैदानमा छन्। सत्ताधारी दल नेकपा एमालेको भातृ संस्था प्रेस चौतारीको प्यानल काठमाडौँ उपत्यका बाहिर चुनावी प्रचार सक्काएर काठमाडौँ भित्रिएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल प्रेस युनियन नेतृत्वको प्यानल सोमबारबाट चुनावी प्रचारमा काठमाडौँ उपत्यका बाहिर हिँडेको छ।

प्रेस युनियन, प्रेस चौतारी( खनाल–नेपाल) अनि माओवादी केन्द्रको भातृ संस्था प्रेस सङ्गठन एकै ठाउँमा भएर विपुल पोखरेललाई अध्यक्षको उम्मेदवार बनाएका छन्पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएको महासङ्घको निर्वाचनको अङ्क गणित कस्तो हुने भन्ने प्रस्ट भइसकेको छैन। प्यानलमा सहभागी समूह निकट पत्रकारहरूको सङ्ख्याको आधारमा पोखरेल नेतृत्वको प्यानल बहुमतमा देखिन्छन्। करिब १३ हजार मतदातामध्ये यो प्यानलसँग आठ हजार हाराहारीको मत रहेको कोर टिमको विश्लेषण छ। यो आधारमा चौतारी गठबन्धनभन्दा तीन हजार मतले लिड गरेको पोखरेल प्यानल सुविधाजनक अवस्था देखिए पनि ढुक्क हुनसक्ने अवस्था भने देखिँदैन।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account