चैत्र २०मा बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्यो। लामो समयसम्म सरकार गठनको परिपक्व स्थिति तयार भई नसकेको भन्दै आइरहेको टिप्पणीका बिच काँग्रेसको निर्णय नयाँ सरकार जन्माउने सन्दर्भमा अर्थपूर्ण थियो। यससँगै लामो समयपछि काँग्रेसले कसलाई समर्थन गर्ला भन्ने मौनता पनि तोडियो। काँग्रेसको निर्णयसँगै एमाले वा कांग्रेस बाहेकको नेतृत्वमा सरकार बन्ने सम्भावना बन्द भयो। तर, त्यसपछि पनि काँग्रेस निष्क्रिय अवस्थामा नै छ।
आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भएपछि उसले नेकपा एमालेनेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धनको पहललाई ठोस रूपमा अगाडि बढाउनुपर्ने हो। तर काँग्रेसले अहिलेसम्म परिमाण आउने गरी पहल गर्न सकेको छैन। सह–महामन्त्री प्रकाशशरण महत एमाले बाहेकको पार्टीसँग सरकार गठनबारे कुराकानी भइरहेको बताँउछन। ठुलै तहका नेताहरूले कुरा गरिरहनुभएको छ उनी भन्छन्जसपा र माओवादीसँग छलफल भईरहेको छ।काँग्रेसले सरकार गठनका सन्दर्भमा कुनै छलफल नगरेको जसपाले दाबी गरिरहेको अवस्थामा महतको कुरालाई पत्याउने आधार भने देखिँदैन।जसपा कार्यकारिणी सदस्य केशव झा पछिल्लो समय काङ्ग्रेससँग सरकार गठनबारे कुनै छलफल नभएको बताँउछन। ‘कुनै कुरै भएको छैन। देउवा नै तयार छैनन्’ उनी भन्छन्।