स्वास्थ्य मन्त्रालयको आग्रह– रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्ट राति ९ बजेपछि बन्द गर्नू !

स्वास्थ्य मन्त्रालयको आग्रह– रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्ट राति ९ बजेपछि बन्द गर्नू !

स्वास्थ्य मन्त्रालयको आग्रह– रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्ट राति ९ बजेपछि बन्द गर्नू !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ। मन्त्रालयले आज (बुधबार) सूचना जारी गरी कोरोना रोकथामका लागि अपनाइएको जनस्वास्थ्य मापदण्डको बढ्दो उल्लंघन र कोरोना भाइरस (कोभिड–१९) को बेलायत भेरियन्टसमेतको संक्रमणको दर बढिरहेको भन्दै रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको हो।मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जारी गरेको सूचनामा काठमाडौं पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकाले सूम्पूर्ण शैक्षिक संस्थामा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।यस्तै जोखिम बढेका ठूला सहरहरूमा सार्वजनिक यातायातमा यात्रा गर्ने वा भिडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अनिवार्य पालना गर्न/गराउन सरोकारवालामा अनुरोध गरिएको छ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account