अस्ट्रेलियामा घर बनाउन साढे ६ करोड रुपैयाँ तिरेका नेपाली घर देखेपछि झन्डै बेहोस भए कसरी बाहिरियो राजेश हमाल दम्पत्तिको यस्तो भिडियो (भिडियो सहितकाठमान्डौ गायिका अन्जु पन्तले आफूलाई थिर कोइरालाले चोखो प्रे म दिएको बताएकी छिन् । प्रे म दिवसको अवसरमा कुरा गर्दै अन्जुले भनिन्–‘एउटा किताबमा सयौं पेज हुन्छ । त्यसमा सयौं कहानी र घटना हुन्छन् ।
सोचेको भन्दा नसोचेको घटना आइलाग्छ । म पनि आफै अचम्मि छु बिहे गर्दिनँ भनेर हिडेकी थिएँ । अन्जुले थिरलाई आफूले नजिकबाट चिनेको ४ बर्ष भएको बताइन् ।अन्जुले आफूलाई थिरले चोखो प्रेम दिएको उल्लेख गरिन् । बिहेको बिषयमा उनले भनिन्हामी ४ बर्षदेखि नजिक थियौं ।
तर बिहेको कुरा अगाडि बढेको गत बर्षबाट मात्र हो । परिवारसँग कुरा गरेर अगाडि बढ्ने सहमती गरेर हामीले एक हुने निर्णय गर्यौं । बिहे कहिले गर्ने भन्ने कुरा त पछि थाहा भैहाल्छ ।अन्जुले थिरमा इष्र्या डाहा र छटपटी केही पनि नभएको भन्दै शान्त स्वभावको बानी आफूलाई मन परेको सुनाइन् ।
आफ्नो प्रेम दिवस विशेष भैरहेको बताउँदै अन्जुले भनिन्–‘सबैको जीवनमा प्रेमको महत्व हुन्छ । तर पछिल्लो समय भ्यालेन्टाइन डेलाई फेसनको रुपमा मानिसहरुले लिइरहेका छन् । प्रेम दिवस फेसन मात्र होइन । किशोर अवस्थामा हुने प्रेम र अहिलेको प्रेम फरक हुने रहेछ ।