जिल्ला प्रशासन कार्यालयमा आज मङ्गलबार बसेको बैठमा जिल्लाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईको अध्यक्षतामा बसिएको बैठकमा जिल्ला भित्र सञ्चालन हुने परिक्षा छिटो गराई पठनपाठको कार्यलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने निर्णय भएको छ ।कोरोना
भाइरस कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएकोमा २०७८ वैशाख १३ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार अर्को निर्णय नआउनजेल सम्मका लागि जिल्ला भित्रका सम्पूर्ण विद्यालय तथा शिक्षालयहरुका पठनपाठ तथा परिक्षा कार्यक्रम हाललाई स्थगित गर्न निर्णय गरिएको हो ।
त्यसैगरी जिल्ला भित्रका शंकास्पद बिरामीहरुको स्वाव परिक्षण र एन्टिजेन टेस्ट परिक्षण गर्ने कार्य जिल्ला स्वास्थ्य कार्यालयको समन्वयन तथा प्राविधिक सहयोगमा सवै पालिकाले तत्काल सुरु गर्न निर्णय गरिएको जिल्ला समन्वयन समितिका प्रमुख खड्ग बहादुर परियारले जनकारी दिनुभयो ।पूर्ण पुस्टि बाट