‘ब्रान्डेड हेर्ने बानी छैन, धोती कुर्ता मेरो पहिचान हो’ :राजेन्द्र महतो !

‘ब्रान्डेड हेर्ने बानी छैन, धोती कुर्ता मेरो पहिचान हो’ :राजेन्द्र महतो !

‘ब्रान्डेड हेर्ने बानी छैन, धोती कुर्ता मेरो पहिचान हो’ :राजेन्द्र महतो !

राजेन्द्र महतो नेपाली राजनीतिमा स्थापित नाम हो । २०४६ सालको जनआन्दोलनपछि उनी राजनीतिमा सक्रिय छन् । २०४६ सालबाट गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना परिषद्मा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका महतो २०४८ सालको संसदीय निर्वाचनमा सर्लाहीबाट उम्मेदवार भएका थिए । तर, उनी नेपाली काँग्रेसकी नेतृ

मीना पाण्डेसँग पराजित हुन पुगे । २०५१ को मध्यावधि चुनाव पनि महतोका लागि अनुकूल भएन । संसदमा प्रवेश गर्न उनले २०५६ सालको निर्वाचन कुर्नुपर्यो । तत्कालीन सद्भावना पार्टीका अध्यक्ष महतोले २०६४ को पहिलो संविधान सभा चुनाव पनि आफ्नो पक्षमा पारेका थिए । तर, २०७० मा भएको दोस्रो संविधान सभाको चुनावमा महतो तत्कालीन तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष

महेन्द्र राय यादवसँग पराजित भए । काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा महतो उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको रूपमा पहिलोपटक मन्त्री बनेका थिए । त्यसपछि प्रथम संविधानसभाको चुनावपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी वाणिज्य तथा आपूर्तिमन्त्री भए । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी स्वास्थ्यमन्त्री बने ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account