नेपाल पत्रकार महासंघ उदयपुरले स्थापना गरेको विपद कोषमा सहयोग जुट्ने क्रम सुरु !

नेपाल पत्रकार महासंघ उदयपुरले स्थापना गरेको विपद कोषमा सहयोग जुट्ने क्रम सुरु !

नेपाल पत्रकार महासंघ उदयपुरले स्थापना गरेको विपद कोषमा सहयोग जुट्ने क्रम सुरु !

नेपाल पत्रकार महासंघ उदयपुरले स्थापना गरेको विपद कोषमा सहयोग जुट्ने क्रम सुरु भएको छ । नेपाल पत्रकार महासंघ उदयपुरको पहिलो बैठकबाट महासंघमा विपद कोष स्थापना गर्ने निर्णय संगै सुरु भएको कोषमा सहयोग जुट्ने क्रम सुरु भएको हो ।पत्रकार महासंका सचिव विश्वराज तामाङले बैशाख २८ गते आफ्नो जन्म दिनको अबसर पारेर महासंघको लागि ५ हजार उपलब्ध गराउने

प्रतिबद्धता सहित विपद कोषमा रकम जुट्न सुरु भएको थियो । महासंघको विपद कोषको लागि पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले ५ हजार, उपाध्यक्ष पर्शुराम थापाले ३ हजार, उपाध्यक्ष गंगा राईले २ हजार, सदस्य सन्तोष कार्कीले दुई हजार पाँच सय उपलब्ध गराएका छन् । त्यसैगरी नेपाल तामाङ पत्रकार संघ प्रदेश १ का सदस्य तथा उदयपुर जिल्ला शाखा सचिव पत्रकार अमित तामाङले ५ हजार,

एमालेका युवा नेता समाजसेवी सुनिल लामाले ५ हजार कटारीका पत्रकार राजु मगरले ५ हजार महासंघको विपद कोषमा उपलब्ध गराएको नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिनु भयो । हाल सम्म विपद कोषमा ३२ हजार ५ सय रुपैया संकलन भएको र पत्रकार महासंघका शुभचिन्तकहरुबाट सहयोग जुट्ने क्रम सुरु भएको अध्यक्ष खड्काले जानकारी दिनु भयो ।

विपद कोषमा रकम संकलन पश्चात महासंघका सदस्यहरुमा आपत विपतमा अबस्था हेरेर सहयोग गर्नका लागि विपद कोष स्थापना गरिएको अध्यक्ष खड्काले जानकारी दिनु भयो । यता बिहिबारबाट नेपाल पत्रकार महासंघ उदयपुरले उदयपुरका पत्रकारहरुको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउन सुरु गरेको छ । महासंघका उपाध्यक्ष गंगा राईको नेतृत्वमा पत्रकार महासंघ आबद्ध

पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन सुरु गरिएको हो । माक्स, सेनिटाईजर, फेस शिल्ड, ग्लोभ्स लगायतका सामाग्रीहरु पत्रकारको घरमै पुगेर उपलब्ध गराईएको महासंघ उपाध्यक्ष गंगा राईले बताउनु भयो । शुक्रबार देखि स्वास्थ्य सामाग्री आवश्यक पर्ने फ्रन्ट लाईनमा रहेर काम गर्ने पत्रकारलाई महासंघबाटै उपलब्ध गराईने योजना रहेको उपाध्यक्ष राईले जानकारी दिनु भयो ।

पत्रकार महासंघलाई केहि दिन अघि मात्रै त्रियुगा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रमेश विश्वकर्मा सहितका स्थानिय व्यवसायीहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो ।यता त्यसैगरी स्थानिय व्यवसायी जीवन निरौला, युवा स्वरोजगार समुहले पनि स्वास्थ्य सामाग्री पत्रकार महासंघलाई उपलब्ध गराएको उपाध्यक्ष राईले जानकारी दिनु भयो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account