होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट !

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट !

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट !

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुटकाठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० उपलब्ध हुने भएको छ । होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले यसको लागि अनलाइन बुकिङ लिन प्रारम्भ गरेको छ ।

त्यसैगरी देशभर रहेका विभिन्न डिलरहरुले पनि यसको जानकारी दिएका छन् । निकै लामो समय देखि प्रतीक्षारत यो बाइक नेपाली बजारमा आउने वारेमा धेरैले चासो राखिरहेका थिए ।

सो बाइकको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । हाल बुकिङ गर्ने ग्राहकले ५० हजार रुपैयाँ छुट पाउने कम्पनीको भनाइ छ । बुकिङका लागि नजिकैको सोरुमको नम्बरमा सम्पर्क गर्न वा यो लिंकमा क्लिक गर्न सकिन्छ ।

बाइक किन्न चाहने ग्राहकले २५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् । होन्डाले औपचारिक रुपमा यो बाइकको वारेमा जानकारी नदिए तापनि निषेधाज्ञा पश्चात ग्राहकलाई यो बाइक उपलब्ध गराइने छ । कुनै ग्राहकले अहिले नै बाइक लिन चाहेमा समेत उपलब्ध गराउन सकिने डिलरहरुले बताइरहेका छन् ।

गत फेस्टिभ सिजनमा भारतीय बजारमा लन्च भएको सो बाइकले निकै नै चर्चा पाएको छ । यसको प्रतिस्पर्धा रोयल इन्फिल्ड क्लासिक ३५० र आगामी दिनमा नेपाल भित्रिने मेटियरका साथै जावा बाइकसँग हुनेछ ।

होन्डा सीबी ३५० लाई १९६० र १९७० दशकको रेट्रो डिजाइनमा बनाइएको छ, जसमा वृत्ताकार हेडलाइट, सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम एक्जस्ट आदि छ । होन्डा हाइनेस सीबी ३५० दुई भेरिएन्ट डीएलएक्स र डीएलएक्स प्रो मा उपलब्ध हुनेछ ।

१५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ । झट्ट हेदा यो बाइक सानो देखिएपनि पूर्णत मेटल बडीका कारण हेभी भएको हो ।हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account