काठमाडौंमा भित्तेलेखन गर्न पाइन्न: मेयर शाक्य

काठमाडौंमा भित्तेलेखन गर्न पाइन्न: मेयर शाक्य

काठमाडौंमा भित्तेलेखन गर्न पाइन्न: मेयर शाक्य

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सर्वोच्च अदालतको आदेश र महानगरकै नीति अनुसार भित्तेलेखन गर्न नपाइने बताएका छन्।

महानगरको नवौं अधिवेशनको पाँचौं बैठकपछि कुराकानी गर्दै उनले आफूहरू महानगरको नीतिभन्दा बाहिर जान नमिल्ने बताए।

‘सर्वोच्चको आदेश र महानगरको कानुन-नीतिलाई उलंघन गर्न पाइन्न,’ उनले भने, ‘जे नीति छ त्यही कार्यान्वयन गर्नुपर्छ।

रत्नपार्क क्षेत्रका भित्तामा वडाबाट अनुमति लिएर कोरोना महामारीमा अग्रमोर्चामा खटिएकाहरूको सम्मानमा चित्र कोरिएको थियो। उक्त चित्र महानगरले मेटाएपछि मेयर शाक्यको आलोचना भएको छ।
यसबारे उनले भित्तेचित्र मेटायो भनेर बढी नै प्रचार हुने गरेको बताए।

कार्टुन बनाएर मेरो प्रचार गरियो उहाँमहरूलाई धन्यबाद छ,’ उनले भने, ‘सर्वोच्चको आदेश र महानगरको नीति उलंघन गरी भित्तेचित्र बनाउन र चुनावका बेला होस् या अरूबेला भित्तेलेखन गर्न पाइँदैन।’

सर्वोच्चले २०७२ सालमै सहरका घर तथा पर्खालहरूमा पर्चा, पम्पलेट र भित्तेलेखन गर्न पाइने आदेश दिएको शाक्यको भनाइ छ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account