Related Posts
सरकारले यस वर्ष प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका
सांसदहरू, स्वकीय सचिव र सवारी चालकलाई दिँदै
आएको दसैँ भत्ता रोकेको छ । दसैँ भत्ता रोकिएपछि
राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले सरकारप्रति
आक्रोश पोखेका छन् । सरकारले सांसदमाथि असमान
व्यवहार गरेको भन्दै बिडारीले आपत्ति प्रकट गरेका हुन् । ‘
सांसद रामनारायण बिडारीलाई दसैँ भत्ता चाहिएर यो कुरा
भनेको हैन, मेरो लागि त अरू बेला पाउने भत्ता पनि कटौती
गरिदिए हुन्छ, बिडारी रातोपाटीसँग कुरा गर्दै भन्छन्, ‘मैले
आम सांसदहरूको कुरा गरेको हुँ । सरकारले कोभिड कोषमा
रकम जम्मा गर्न त्यसो गरेको भन्छ भने
कर्मचारीहरूको चाहिँ किन कटौती नगरेको ?’