भ्यानलाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु, १३ जना घाइते

भ्यानलाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु, १३ जना घाइते

भ्यानलाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु, १३ जना घाइते

लहान -पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका ११, पडरियामा सोमबार दिउँसो ट्रकले म्याजिक भ्यानलाई पछाडिबाट ठक्कर दिँदा भ्यानमा सवार तीनजनाको मृत्यु भएको छ। म्याजिकमा सवार १३ जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानले पड्रिया चोकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिन पुगेको थियो ।

ट्रकको ठक्करबाट म्याजिकमा सवार सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाा नखुलेको एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका मनोज चौधरीले जानकारी दिए ।

दुर्घटनामा अन्य १३ जना घाइते भएको र घाइतेहरुलाई उपचारको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल तथा नरसिंह होम र ६ जना गम्भीर घाइतेलाइ धरान पठाएको प्रहरी नायब निरीक्षक चौधरीले जानकारी दिए ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account