४६ उमेरमा जुम्ल्याहा सन्तानकी आमा बनिन् प्रिति जिन्टा

४६ उमेरमा जुम्ल्याहा सन्तानकी आमा बनिन् प्रिति जिन्टा

४६ उमेरमा जुम्ल्याहा सन्तानकी आमा बनिन् प्रिति जिन्टा

बलिउड नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । प्रिति आफैंले सोसल मिडियामार्फत् यसबारे जानकारी दिएकी हुन् । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेकी छिन् ।​ प्रितिले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा श्रीमानसँगको फोटोसहित एक विशेष नोट सेयर गरेर यसबारे जानकारी दिएकी हुन् ।

प्रितिले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘म आज तपाईंहरु सँग हाम्रो खुसीको खबर साझा गर्न चाहन्छु । म र जीन असाध्यै धेरै खुसी छौं । हाम्रो मनमा यति धेरै कृतज्ञता र प्रेम भरिएको छ किनभने हाम्रो घरमा जुम्ल्याहा बच्चा जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफले जन्म लिएका छन् ।

प्रितिले डाक्टर, नर्स र सरोगेटलाई धन्यवाद भनिन्ः प्रीति जिन्टाले आफ्नो पोस्टमा थपिन्, ‘हामी आफ्नो जीवनको नयाँ अध्यायका लागि निकै उत्साहित छौं । हाम्रो यो अभूतपूर्व यात्रामा सहयात्री बनेकोमा सबै डाक्टर, नर्स र हाम्रो सरोगेटलाई मनैदेखि धन्यवाद प्रदान गर्न चाहन्छौं । सबैलाई धेरै माया । ’

प्रीतिको यो पोस्टमार्फत् उनी सरोगेसीमार्फत् आमा बनेकी हुन् भन्ने स्पष्ट हुन्छ । प्रीतिले आफ्नो नयाँ जीवनलाई खुसी खुसी स्वागत गरेकी छिन् ।
प्रीतिको यो पोस्टमा धेरैले बधाई दिइरहेका छन् ।

https://www.facebook.com/samridhnepal1

Samridh Nepal

Related Posts

leave a comment

Create Account



Log In Your Account