Related Posts
काठमाडौं, मुलुकका विभिन्न स्थानमा रातिदेखि नै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान पाँच बजे बबइ नदी चेपाङ बाढी मापन केन्द्रमा जलसतह सतर्कता नजिक पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
प्रप्तसमाचार अनुसार हेटौडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ । शिवम् सिमेन्टको कच्चा पदार्थ लगेर फर्किँदै गरेको गाडी पदमपोखरी बगाएको हो । गाडी बगाएको भए पनि चालक र सहचालक भने सकुशल रहेको प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिएका छन् ।मकवानपुरमा रातिदेखि परेको भारी वर्षाका कारण सडक अवरुद्ध भएका छन् ।