मोदीको भनाइप्रति गर्जिए विश्वप्रकाश र गगन: लिपुलेक हाम्रो हो !

मोदीको भनाइप्रति गर्जिए विश्वप्रकाश र गगन: लिपुलेक हाम्रो हो !

मोदीको भनाइप्रति गर्जिए विश्वप्रकाश र गगन: लिपुलेक हाम्रो हो !

नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले अतिक्रमित भूभाग लिपूलेकमा भारतले सडक निर्माण जारी राखेकोे प्रति

 

आपत्ति जनाएका छन् ।महामन्त्रीद्वय शर्मा र थापाले एक विज्ञप्ति नै जारी गरेर केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित

 

भूभागमा सडक निर्माण कार्यलाई निरन्तरता दिइरहेको भनेर खुलमखुल्ला दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।बिज्ञप्तिमा

 

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले यसका सम्बन्धमा नेपाली काँग्रेसले विगत देखि नै संस्थागत रुपले आफ्नो धारणा

 

सार्वजनिक गर्दै आएको उल्लेख गरिएको छ ।विगतको अभिव्यक्ति, अडान र धारणामा नेपाली काँग्रेको प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको

 

छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि कालापानी, लिपुलेक र लिम्पियाधुरामा सडक निर्माण जारी रहेको बताएका थिए । उक्त

 

भनाइप्रति नेपाल सरकारले औपचारिक रुपमा कुनै अभिव्यक्ति दिएको छैन । काँग्रेसले भने केही समय पछि यो प्रतिकृया दिएको हो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account