जनसंख्याको नतिजाप्रति दीपकराजको व्यङ्ग्य : भ्रष्टाचार, महँगी बढेर जनसंख्या बढ्न डराएछ’

जनसंख्याको नतिजाप्रति दीपकराजको व्यङ्ग्य : भ्रष्टाचार, महँगी बढेर जनसंख्या बढ्न डराएछ’

जनसंख्याको नतिजाप्रति दीपकराजको व्यङ्ग्य : भ्रष्टाचार, महँगी बढेर जनसंख्या बढ्न डराएछ’

काठमाडौं : २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । सार्वजनिक प्रारम्भिक नतिजा अनुसार मुलुकको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । बोली चालीको भाषामा भने बर्षौं देखि सबैले जनसंख्या ३ करोड भनेर भनेर भन्दै आएका छन् । जनसंख्याको यो प्रारम्भिक नतिजालाई लिएर सर्वसाधारणले सामाजिक संजालमा बिभिन्न थरिका पोष्ट गरिरहेका छन् ।

अभिनेता दीपकराज गिरी यो बिषयमा एक ब्यङ्ग्यपूर्ण पोष्ट गरेका छन् । दीपकले जनसंख्याको प्रारम्भिक नतिजालाई भ्र’ष्टाचार महँगी, गरिबी, ह-त्या हिं’सासँग जोडेर व्यङ्ग्यपूर्ण टिप्पणी गरेका हुन्। उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘१० वर्ष भो ३ करोड जनसंख्या भनेको छ । आज पनि २ करोड ९१ लाख मात्रै रहेछ । देशमा भ्र’ष्टाचार महँगी, गरिबी, ह-त्या हिं’सा बढेको देखेर होला जनसंख्या पनि बढ्न डराएछ गाँठे ।’

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्व जनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो । नेपाल मा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ ।

जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ। प्रारम्भिक विवरण अनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ६७ लाख ६१ हजार ५९ जना रहेको छ । जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ ।

यसअघि २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। यसमा पुरुषको जनसंख्या १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको १ करोड ३६ लाख ४५ हजार ४सय ६३ थियो। यस्तै १० वर्षअघिको जनगणना अनुसार घरपरिवारको संख्या ५४ लाख २३ हजार २ सय ९७ थियो । विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक भने ६ महिनाभित्र आउनेछ ।

https://www.facebook.com/samridhnepal1

Samridh Nepal

Related Posts

leave a comment

Create Account



Log In Your Account