मनकारी अदिबक्ता जसले २८ करोड राजश्व छलीका अभियुक्त उमाशंकरलाई छुटाइन् !

मनकारी अदिबक्ता जसले २८ करोड राजश्व छलीका अभियुक्त उमाशंकरलाई छुटाइन् !

मनकारी अदिबक्ता जसले २८ करोड राजश्व छलीका अभियुक्त उमाशंकरलाई छुटाइन् !

मलाई कहिले छुटाउनुहुन्छ ? म कहिले निस्कन्छु ? म निस्कन्छु कि निस्कन्नँ ?’हरेक हप्ता जेलबाट फोन गर्दा उमाशंकर रायभरले अधिवक्ता

 

राधिका खतिवडालाई यही प्रश्न सोध्थे। राधिका उनलाई हौसला दिन्थिन्। उनी छुट्न सक्ने कारणहरू सुनाउँथिन्। तर मनमा कताकता डर

 

थियो। चिन्तित थिइन्। सर्वोच्च अदालतको फैसला उनको हातमा थिएन। चार दिनअघि राधिका यो मानसिक तनावबाट मुक्त भएकी छन्। २८

 

करोड राजस्व चुहावटको आरोप लागेका बाराका उमाशंकर रायभरलाई उच्च अदालत पाटनले तोकेको ७५ लाख रुपैयाँ धरौटी सर्वोच्च

 

अदालतले १४ माघमा बदर गरिदियो। साथै उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। अदालतको यही आदेशले राधिकाको चिन्ता कम भएको छ।

 

यही मुद्दाका अर्का प्रतिवादी परमेश्वर शाहलाई ७५ लाख धरौटी माग गरेकोमा सर्वोच्च अदालतले १० लाख मागेको थियो। उमाशंकरलाई पनि

 

५/१० लाख धरौटी माग गर्यो भने कसरी छुटाउने होला भन्ने मानसिक तनाव हुन्थ्यो,” राधिका भन्छिन्, “बहसको क्रममा नै बेञ्चमा यिनको घरको

 

आर्थिक अवस्था हेर्दा यिनले कसुरबाट लाभ नलिएको देखेर ७५ लाख हैन, ७५ हजार पनि हैन, कि ७५ सय गर्नुस्, कि ७५ रुपैयाँ गर्नुस् भनेर

 

माग गरेको थिएँ। मैले भनेजस्तो ७५ रुपैयाँ त गरिदिनुभएन तर बेञ्चले बाहिर बसेर मुद्दा लड्न सक्ने वातावरण बनाइदियो।”

 

सर्वोच्च अदालतले माग गरेको २५ हजार रुपैँया धरौटी मध्ये २० हजार उमाशंकर रायभरका काकाले ऋण गरी तिरे। बाँकी पाँच हजार

 

राधिकाले आफ्नै नाममा धरौट दाखिला गरेर राखिदिइन्आर्थिक अवस्था कमजोर भएका रायभरलाई गाउँका छिमेकीले बाइक ग्यारेजमा काम

 

लगाइदिने र राम्रो तलब दिने भन्दै काठमाडौं ल्याएका थिए। त्यसपछि कोटेश्वर बस्ने सर्लाहीका सरोज मिश्रले रायभरको नागरिकता लिएर गई

 

फोटो खिचेर विभिन्न कागजमा ल्याप्चे लगाएर लगे। पछि रायभरको नाममा ‘ब्लुक्रस ट्रेडर्स र जेएन सप्लायर्स’ रहेको र ती कम्पनीले एक अर्ब

 

चार करोड राजस्व चुहावट गरेको भन्दै १७ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा चल्यो। उमाशंकर रायभरलाई २८ करोड राजस्व नतिरेको

 

आरोप लाग्यो। उक्त मुद्दाको सुनुवाई गर्दै उच्च अदातल पाटनले १९ फागुन २०७७ मा रायभरलाई छुटाउन ७५ लाख धरौटी माग गरेको थियो। तर उनी उक्त रकम बुझाउन नसकेर थुनामा थिए।

 

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account