उदयपुर सदरमुकाम गाईघाट बजारमा सवारी साधनमाथि आगजनी गरेको आशंकामा एक जनालाई पक्राउ गरेको छ । बिहीबार
आगलागी भएको मोटरसाईकल र स्कारपीओ आगजनीमा संलग्नता रहेको आशंकामा छिमेकी जिलला सुनसरी स्थायी घर
भएका एक युवकलाई पक्राउ गरिएको हो तर पक्राउ परेका व्यक्तिको बारेमा प्रहरीले भने आधिकारिक जानकारी सार्वजनिक
गरेको छैन । घटना अनुसन्धानकै क्रममा रहेको र ती युवकलाई शंकास्पद हिसावले अनुसन्धानका लागि पक्राउ गरिएकाले
उनको बिवरण सार्वजनिक नगरिएको जनाइएको छ स्रोतका अनुसार ती युवकको घर सुनसरीको इनरुवा रहेको बुझीएको छ ।
उनी गाईघाट बजारमै ज्यालादारी काम गर्दै आएको सोधपुछको क्रममा खुलेको छ अघिल्लो दिन अन्दाजी मध्यरात त्रियुगा
नगरपालिका वडा नम्बर ११ गाईघाटका स्थानीय किसन राईको घरमा पार्किङ गरेर राखिएको प्रदेश १-०२-००२ च ४३८५
नम्बरको स्कारपीओ र स ३ प २२८३ नम्बरको एडभेन्चर मोटरसाईकल आगलागी भई पूणर् रुपमा क्षति भएको थियो ।