पेस्ताेल आकारकाे लाइटर बालेर स्थानीयलाई तर्साउने ७ जना प’क्राउ

पेस्ताेल आकारकाे लाइटर बालेर स्थानीयलाई तर्साउने ७ जना प’क्राउ

पेस्ताेल आकारकाे लाइटर बालेर स्थानीयलाई तर्साउने ७ जना प’क्राउ

दाङ – दाङको तुलसीपुर प्रहरीले स्थानीयलाई त्रसित पारेको आरोपमा सात जनालाई प’क्राउ गरेको छ । आइतबार बिहान ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ भ्युडरमा रहेकाे खाली गोठबाट सात जनालाई प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रवक्ता रिजालका अनुसार र’क्सी सेवन गरी पेस्ताेल आकारको लाइटरबाट आगो बालेर स्थानीयलाई त्रसित पारेको भन्ने सूचनाको आधारमा खटिएको तुलसीपुर इलाका प्रहरी कार्यालयको टोलीले प’क्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ निवासी २५ वर्षीय सन्तोष बस्याल, २३ वर्षीय पोषण ओली २१ वर्षीय अलिज मिया, वडा नं. ६ निवासी २१ वर्षीय केतु ओली, वडा नं. ९ निवासी १८ वर्षीय मोहन बस्नेत रहेका छन् । समूहमा १६ र १७ वर्षीय दुई जना नाबालक पनि रहेकाे प्रहरीले जनएकाे छ ।

त्यस्तै उनीहरुको साथबाट प्रहरीले तीन थान हँसिया, बन्चरो एक थान, खुडा एक थान र पे’स्ताेल जस्ताे देखिने लाइटर एक थान बरामद गरेको छ । साथै उनीहरुलाई प’क्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

https://www.facebook.com/samridhnepal1

Samridh Nepal

Related Posts

leave a comment

Create Account



Log In Your Account