मेरो हेर्ने मन भए फोटोमा छुएर OPEN लेख्नु होस् आफै भिडियो खुल्ने छ !

मेरो हेर्ने मन भए फोटोमा छुएर OPEN लेख्नु होस् आफै भिडियो खुल्ने छ !

मेरो हेर्ने मन भए फोटोमा छुएर OPEN लेख्नु होस् आफै भिडियो खुल्ने छ !

श्रीमान् बेपत्ता भएको दुई दिन भएको थियो। तेस्रो दिन एकाबिहानै फोन आयो- ‘हजुरको श्रीमानको लास भेटिएको छ, सनाखतको लागि आउनु

 

होला।’ एक्कासी आफूमाथि बज्रपात खसे झैं लाग्यो। म एक्कासी मौन भएर टोलाएको देखेर प्रश्न गर्ने साना छोराछोरीलाई जवाफ पनि फर्काउन

 

सकिनँ। बस् मौन रहेँ एकछिन, आफूलाई सम्हाल्न खोजेएक मनले त हैन होला भनेर मनमा प्रश्न आउँथ्यो। छोराछोरीलाई खाना दिएर फुपूसँग

 

राखेँ, आफू अस्पताल तिर लागेँ। श्रीमानको सासबिनाको लास देखेर मन थाम्न सकिनँ। सबैतिर रुवाबासी चल्यो। व्यक्तिपिच्छे अड्कल काट्न

 

थालियो। ‘श्रीमतीले गर्दा त होला नि अनि फलानो ढिस्कानोउत्तर दिने न सामर्थ्य थियो न त समय नै। आज खै किन हो विगतका पलको सम्झना

 

आँखामा झल्झली आयो। म करिब १५ वर्षको थिएँ होला, मेरो बिहे हुने बेलामा। आफूभन्दा १० वर्ष जेठा श्रीमान पाएकी थिएँ। बिहेसँगै नयाँ ठाउँ

 

र नयाँ सम्बन्ध जोडिए- बुहारी, जेठानी, देउरानी, भाउजू, माइजू र नयाँ जिम्मेवारी पनि। तर सबैभन्दा प्यारो लाग्ने नाता थियो श्रीमती। सानो छँदा

 

बाबुआमाको सम्बन्ध देखेर मपनि कल्पना गर्थें श्रीमानको, श्रीमानसँगको त्यो प्यारो नाताको सधैँ रहर थियो मनमात्यतिबेला मेरा श्रीमान् भनेर

 

भन्न पाउँदा साह्रै खुसी लाग्दथ्यो। एक किसिमको उमंग थियो ममा। समय बित्दै गयो अनि विस्तारै मेरो उमंग र कल्पनाको संसार धमिलिँदै

 

गयो। जुन श्रीमानलाई मैले श्रीमान भन्न पाउँदा उमंग र खुसी थियो, ती श्रीमान् त कहिले पनि मेरा हैन रहेछन्। मबाहेक अरुसँगै उहाँको गहिरो

 

नाता रहेछ भन्ने कुरा थाहा पाउँदा मन कटक्क खायो। सोच्दथेँ मैले कसको के बिगारेको थिए र, मेरो हुँदाहुँदै पनि मेरो श्रीमान् मेरो हुन सकेनन्!

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account