दुनियाँलाई बचाउन साहारा बनेकी नर्सलाई २२ वर्ष मै बचाउन सकिएन, ‘ब्रेन डेड’ नर्सको सबै अङ्गदान

दुनियाँलाई बचाउन साहारा बनेकी नर्सलाई २२ वर्ष मै बचाउन सकिएन, ‘ब्रेन डेड’ नर्सको सबै अङ्गदान

दुनियाँलाई बचाउन साहारा बनेकी नर्सलाई २२ वर्ष मै बचाउन सकिएन, ‘ब्रेन डेड’ नर्सको सबै अङ्गदान

काठमाडौ । दुनियाँलाई बचाउन सहयोगी बनेकी एक लोकप्रिय नर्सलाई २२ बर्षको कलिलो उमेरमा नै अब बचाउन नसकिने भएको छ |

उनको ‘ब्रेन डेड’ भइसकेको चिकित्सकले घोषणा गरेका छन् । तर मृत्युपछिपनि उनले धेरैलाई साहारा दिने भएकी छिन् । ‘ब्रेन डेड’ नर्सका विभिन्न अङ्गदान गरिएको छ ।

गत शनिबार चिकित्सकले ‘ब्रेन डेड’ भएको घोषणा गरेपछि उनका विभिन्न अङ्ग दान गरिएको हो । भारतको कर्नाटककी २२ वर्षीय नर्स टीके गान्भीका आफन्तले उनको ‘ब्रेन डेड’ भएपछि अङ्गदान गराएका हुन् ।

उनी शिवमोगास्थित निर्मला नर्सिङ होममा स्टाफ नर्सका रूपमा काम गर्दै आइरहेकी थिइन् । फेब्रुअरी ८ को रात्रिकालिन काम गर्ने बेला उनी बेहोस भएर लडेकी थिइन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अस्पताल भर्ना गरेको ४ दिनपछि उनको ‘ब्रेन डेड’ घोषणा गरिएको थियो । अस्पताल पुगेका गान्भीकी आमालगायतले तुरुन्त उनको अङ्गदान गर्ने जनाएका थिए ।

उनको कलेजो, मिर्गौला, मुटुको भल्भलगायतका विभिन्न अङ्गहरूले अन्य व्यक्तिलाई जीवनदान दिने चिकित्सकले बताएका छन् ।

त्यस्तै सानै उमेरमा यस किसिमको अङ्गदान गरेर उदाहरणीय बनेको स्वास्थ्य मन्त्री के. सुधाकरले प्रतिक्रिया दिएका छन् ।

https://www.facebook.com/samridhnepal1

Samridh Nepal

Related Posts

leave a comment

Create Account



Log In Your Account