धरानमा ह” त्या गरेर जेब्रा झोला”मा श”व टु” क्राटु”क्रा पारेर फालिएका दिनेश सिग्देल”को ह” त्या उनकै कान्छी श्रीमतीले प्रेमीसँग मिलेर गरेको खुलेको छ। ४३ वर्षीय सिग्देलको ह” त्या अभियोगमा इलाका प्रहरी कार्यालय धरानले दिनेशकी कान्छी श्रीमती अनिता केसी र उनका प्रेमी सरोज भण्डारीलाई सार्वजनिक गरेको हो।
सरोज गाडीचालक हुन्। सरोज र अनिता सँगै बस्दै आएको पनि खुलेको छ। सरोजकी एउटी छोरी समेत छन्। तर श्रीमतीसँग सम्बन्ध राम्रो नभएका कारण उनी माइतीमा नै बस्न थालेपछि करिब ६ महिनादेखि अनितासँग बस्दै आएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए।
अनिता र सरोजले विवाह गर्नका लागि दिनेशको ह” त्या गरेको प्रहरीलाई बताएका छन्।
इलामको बाँझो १ घर भएका दिनेशले हाल मोरङको विराटनगर महानगरपालिकामा कोठा भाडामा लिएका थिए। १० महिनाअघि बहराइन गएका दिनेश २०७८ पुस २० गते १५ दिनको बिदामा नेपाल फर्किएका थिए। २१ गते काठमाडौंबाट बसमा विराटनगर गएका उनी कान्छी श्रीमती अनिता केसीसँगै विराटनगरको फ्यामिली होटलमा बसेका थिए।
२२ गते बेलुका दिनेश र अनिता पिपलचोकस्थित आफ्नो डेरा फर्किएका थिए। त्यसै दिन अनिताका प्रेमी सरोज भण्डारी पनि उनीहरुको घरमा गएका थिए।
पूर्वयोजना अनुसार सरोजले दिनेशसँग सामान्य कुराकानी गरेका थिए। त्यसलगत्तै सरोज र अनिताले गलबन्दीले घाँ”टी क”सेर ह” त्या गरेका थिए। ह” त्या गरेर श” व कोठामै छाडेर उनीहरु भने बाहिर बास बसेको खुलेको छ।
२३ गते बिहान उनीहरुले स्थानीय पसलबाट चार हजार रुपैयाँमा ग्राइन्डर मेसिन, दुई वटा जेब्रा झोला र पोलिथिन झोला खरिद गरेका थिए। ग्राइन्डर मेसिन र खुकुरीको सहायताले शव”को घाँ” टीमा का” टी टा’उको र दाहिने तिघ्रा’को भाग एउटा झो”लामा र बाँकी भाग अर्को झोलामा प्या”क गरेका थिए।
दिउँसो २ बजे ट्याम्पो भाडामा लिई इटहरी, धरान हुँदै श” व फालेका थिए। श” व फालेर उनीहरु भेडेटार बसेका थिए। भोलिपल्ट मात्र विराटनगर फर्किएको खुलेको छ। सोमबार प” क्राउ परेका दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय धरानले ज्यानसम्बन्धी कसुरमा ७ दिन म्याद लिएर अनुसन्धान सुरु गरेको छ।
जेठी श्री” मती निर्मला सिग्देलले भने श्रीमान विदेशबाट आए पनि कान्छी भए ठाउँमै जाने गरेको बताएकी थिइन्। यस पटक पनि विदेशबाट आउने जानकारी पाए पनि घर भने नआएको बताएकी छन्। त्यसपछि प्रहरीले कान्छी श्रीमती र सरोजलाई पक्राउ गरेको थियो।