१२ वर्षसम्म जे’ल जान सक्छन पल शाह ,पर्यो उजु’री

१२ वर्षसम्म जे’ल जान सक्छन पल शाह ,पर्यो उजु’री

१२ वर्षसम्म जे’ल जान सक्छन पल शाह ,पर्यो उजु’री

काठमाडौं – १८ वर्षमुनिकी गायिकासँग यौ’न सम्’बन्ध राखेको आ’रोप लागेका अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा यौ’नजन्य अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । पल शाहबाट आफू पी’डित भएको भन्दै ती गायिकाले उजु’री दिएकी हुन् ।मुलुकी अप’राध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौ’न सम्बन्ध राखे पनि त्यसलाई ज’बरजस्ती क’रणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौ’न सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जे’ल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले उनीमाथि कानुनी कारवाहीको माग गर्दै ती गायिकाले बुधबार बिहानै तनहुँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर शाह वि’रुद्ध जाहेरी दिएकी हुन् । ती गायिका अहिले बल्ल १७ वर्ष पुगेकी छिन् ।

हालै मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका ग’र्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।

गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेका थिए । यही क्रममा एक जना ठूलो मिडियाका पत्रकारले उनलाई पलसँग भिडियो खिचाएर उनीहरू आपसमा मिलेका छन् भन्दै पललाई जोगाउन र गायिकालाई ‘होस्टाइल’ गराउन युट्युबमा भिडियो अपलोडसमेत गरेका थिए ।

तर, मंगलबारदेखि ती गायिका का’नुनी प्रक्रियामा जान तयार भइन् । उनी मंगलबार नै काठमाडौँबाट तनहुँतर्फ लागेकी थिइन् । तर, मंगलबार साँझ तनहुँ जिप्रकाले बुबाको पनि ह’स्ताक्षर चाहिन्छ भनेपछि बुधबार मात्रै जा’हेरी दर्ता भएको हो ।

https://www.facebook.com/samridhnepal1

Samridh Nepal

Related Posts

leave a comment

Create Account



Log In Your Account