काठमाडौं एउटा युट्युव च्यानलमा अन्तर्वार्ता दिने क्रममा अधुरो अंग्रेजी बोलेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले अञ्जली अधिकारीको खिसिट्युरी गरे । जवाफमा अञ्जलीले भनिन् ‘म अरु जस्तो बोडिङ स्कुल पढेर आएको हैन । म त सरकारी स्कुल पढेकी चप्पल नलगाई खेत रोपेकी मान्छे । मलाई अंग्रेजी आउदैन । पछिल्लो समय व्यस्त मोडलका रुपमा चिनिने अञ्जली बेला बेलामा चर्चामा आउछिन् ।
युट्युब अन्तर्वार्तालाई विषेश महत्व दिने अञ्जलीलाई युट्युव च्यानलले चर्चामा पुर्याउन मात्रै हैन, खुइल्याउन पनि भुमिका निर्वाह गरेका छन् । सयौं गीतका भिडियोमा मोडलिङ गरेकी अञ्जली प्रकाश सपुतको ‘बोलमाया’ बोलको गीतमा अभिनयपछि चर्चामा आएकी थिइन् । उनको व्यस्तता अहिले पनि उत्तिकै छन् ।
अञ्जली अधिकारी नाम जस्ले सुनेको छैन उस्ले पक्कै पनि नेपाली लोकदोहोरी गीत सुन्दैन भनेर ठोकुवा गरे हुन्छ । अञ्जली अधिकारी बर्दियाको मैना पोखरी स्कुलमा पढ्ने गर्थिन् । त्यति बेलाको समयमा बर्दियामा महोत्सव आयोजना हुने कुरा आयो । उक्त महोत्सवमा बद्री पंगेनी शङ्कर बिसी पशुपति शर्मा लगायतका कलाकारहरू उपस्थित भएका थिए । सानै देखी नाच्न भनेपछी हुरुक्कै हुने अञ्जली अधिकारी बर्दियाको महोत्सव सम्म पुगिन् ।