धोका दिने श्रीमानलाई देखाउन कै लागि भएपनि अर्को विवाह गर्छु !

धोका दिने श्रीमानलाई देखाउन कै लागि भएपनि अर्को विवाह गर्छु !

धोका दिने श्रीमानलाई देखाउन कै लागि भएपनि अर्को विवाह गर्छु !

म निजी विद्यालयमा शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माविमा पढाउनुहुन्थ्यो । दुई छोरा छोरी । काठमाडौंमा एउटा पुस्तैनी घर । हाम्रो भागमा बस्नलाई तीन कोठा । हामीलाई पर्याप्त थियो । घरभाडा तिर्नु नपर्ने भएकाले दुई बूढाबूढीको कमाइ एकदिन श्रीमानले के के सुनेर आउनुभयो अनायास नै राति इजरायलको कुरा निकाल्नुभयो ।

त्यो दिनदेखि त सधैजसो इजरायलका बारेमा केही न केही नयाँ कुरा ल्याएर मलाई सुनाउन थाल्नुभयो । एकदिन मैले झर्को मान्दै भनें हामी लाई के काम इजरायलको गफ । नजाने गाउँको बाटै नसोध्नु । किन र तिमी पनि जाऊ न इजरायल । अब त केटाकेटी पनि ठूला हुँदै गए भोलि उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ थोरै छ होइन बरू म यहाँ केटाकेटी स्याहारेर बस्छु, हाम्रो पनि आथिर्क हैसियत अलि उकालौं । सधै यही तीन कोठामा जिन्दगी बिताउने ?

भोलिका दिनमा छोराछोरीको विवाह पनि त गर्नुपर्छ, सोच न ।’श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाब बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ भन्नुपर्‍यो । विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर उहाँले मलाई इजरायल जाने व्यवस्था मिलाइदिनुभयो । सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी अर्थात् अभिभावकको बढी आवश्यकता हुने बेलामा नाबालकहरूलाई छाडेर म इजरायल गएँ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account