कोमल वली र रामहरी खतिवडा विवाहको अन्तिम तयारीमा !

कोमल वली र रामहरी खतिवडा विवाहको अन्तिम तयारीमा !

कोमल वली र रामहरी खतिवडा विवाहको अन्तिम तयारीमा !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले बुधबार काठमाडौंको भृकुटिमण्डपमा भव्य चियापान कार्यक्रम आयोजना गर्यो । बडादशैं, तिहार, छठ, नेपाल संवत ११४० तथा सम्पूर्ण चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सत्तारुढ नेकपाकादेखि प्रतिपक्षी कांग्रेससम्मका नेता कार्यकर्ताहरुको भीड लागेको थियो ।

दिउँसो १२ बजे सुरु भएको चियापान कार्यक्रममा विभिन्न नेता, कार्यकर्ता, शुभचिन्तक, संचारकर्मी आ–आफ्नै विषय र चासोसंग रमाइरहेका देखिन्थे । ठाउँठाउँमा केही नेता कार्यकर्ताहरु भेटघाट गरिरहेका हुन्थे । ठूला नेताहरुलाई नमस्कारको ओइरो देखिन्थ्यो ।

केही चियाको चुस्किसंगै गफ्फिरहेका थिए भने केही मिठाइ र फलफुल खाँदै गरेका देखिन्थे । संचारकर्मीहरु कुनै शीर्ष तहका नेताहरुलाई देख्नेबित्तिकै झुरुप्प छेकेर प्रश्न तेस्र्याउन भ्याइनभ्याइसंग दौडधुप गरिरहेका थिए । भृकुटिमण्डपस्थित खुल्ला चौरमा आयोजना भएको उक्त कार्यक्रमस्थलको एकापट्टि समारोहस्थल बनाइएको थियो । जहाँ मिडियाकर्मी र उच्च पदस्त बाहेकका अन्यलाई प्रवेश थिएन् ।

उक्त कार्यक्रमस्थलमा उभिइरहेका थिए, नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा । खतिवडा उभिएकै ठाउँमा केहीबेरपछि नेकपाकी राष्ट्रिय सभा सदस्य सांसद कोमल वलिको इन्ट्रिले केहीबेर संचारकर्मीलाई त्यसतर्फ तान्यो ।
वली र खतिवडालाई केही संचारकर्मीले घेरे । सुरुमा प्रश्नकर्ता नेकपाको चियापानमा केन्द्रीत थिए । सांसद वलीले परमपरा जोगाउन, कार्यकर्ताबीचको सम्बन्ध उचाईमा पुर्याउन र आपसी मेलमिलापका लागि चियापानको महत्व दर्साइन् । एक्कासी, एक संचारकर्मीले वलीलाई प्रश्न गरे–‘कोमल वलीको विवाह कहिले हुन्छ ? जनता जान्न चाहन्छन् ।’

कोमल वलीले यतिबेला चियापान र शुभकामना आदानप्रदानको समय भएको भन्दै विवाहको विषयमा त्यति बोल्न चाहिनन् । तर ती संचारकर्मी भने विवाहमै केन्द्रीत भएर प्रश्न गर्न थाले । आफू विवाहको बारेमा भन्दा पनि एक बफादार कार्यकर्ताको रुपमा नेकपाको कार्यक्रममा चिनिने तर्क वलीले गरिन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account