नेविसंघ लगायत भ्रातृ संगठनको विषयलाई लिएर नेपाली कांग्रेसमा फेरिविवाद चर्किएको छ दाधिकारी बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका सभापति शेरबहादुरदेउवालाई अवरोधगर्दै कार्यकर्ताले नारावाजी गरेपछि तनाव उत्पन्न भएको छ सभापति लगायत नेताहरु कार्यालय भित्रछन् भने बाहिर कार्यकर्ताले नारावाजी गर्दै कार्यालय घेराउ गरिरहेका छन् उपनिर्वाचनको उम्मेद्वार चयन तथा भ्रातृ संगठनको गठन लगायत एजेन्डामा शुक्रबार दिउसो १ बजे बैठक बस्ने तयारी थियो तर कार्यकर्ताको नारावाजी र विरोधका कारण बैठकबस्सकेको छैनपार्टी कार्यालयमा भिड बढेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ कार्यकर्ताले नारावाजी गर्दै घेराउ गरेपछि सभापति देउवाले आक्रोशित हुँदै यो के गरेको भन्दै जंगिएका थिए उनले औँला ठड्याउँदै हप्काएपछि प्रदर्शनकारी झन आक्रोशित बनेका थिए देउवालाई सुरक्षाकर्मीले घेरा हालेर भिडबाट कार्यालयभित्र छिराउनु परेको थियो नेता कृष्ण प्रसाद सिटौला निकट कार्यकर्ता विरोधमा उत्रिएका हुन् ३२ वर्षभन्दा बढी उमेरका विद्यार्थीलाई संगठनमा राखे आफूहरु आमरण अनसनमा बस्ने उनीहरुले चेतावनी दिएका छन् ।