महानायक राजेश हमालको परिवारको फिल्मप्रतिको आकर्षण गज्जबको थियो उनकाबुबा चूडाबहादुर हमाल फिल्म हेर्ननिकै रुचाउँथे बनारसमा अध्ययन गरेका हमालका बुबा हिन्दी फिल्मका पारखी थिए राजकपुरका फ्यान ।दूतावासमा जागिरे भएपछि आफूले सिनेमाको पर्दामा भेटेका कलाकारसँग प्रत्यक्ष भेट्ने अवसर पाउँदा चूडाबहादुर दङ्ग पर्दै हमाललाई तीकलाकारसँग खिचाएका तस्बिर देखाउँथे । किस्सा सुनाउँथे । तर उनले हमाललाई तँपनि एक दिन यस्तै कलाकार बन्नुपर्छ भनेर कहिल्यै भनेनन् । अर्थातचूडाबहादुर हमाललाई कलाकार बनाउन थाहँदैनथे ।छोरोलाई जागिरे बनाउने चूडाबहादुरको चाह थियो । सायद उहाँ दुईतीन वर्षमा एकपटक बन्ने नेपाली फिल्ममा छोरोको भविष्य छैन भन्ने सोच्नुहुन्थ्यो हमाल बुबाको नजरबाट आफूलाई चिहाउँछन् ।तर हमालले आफ्नो मनसाय बनाइसकेका थिए । नेपाली फिल्ममा भविष्य खोज्छु भन्ने बुबा भन्थे एउटा फिल्म खेलेर केगर्छस् । तेरोभविष्य कसरी बन्छ । हमाल चुपचाप बुबाको कुरा सुन्थे किनकि उनीसँग त्यसको कुनै उत्तर थिएन । फिल्म असफल भए तअर्कै कुरा फिल्मले अपार सफलता हासिल गर्यो भने पनि के गर्ने कहाँ जाने भन्ने हमाललाई थाहा थिएन तर पनि हमाल पछि हटेनन् उनलेआफैसँग सङ्घर्ष गरेभावनात्मक सङ्घर्ष । परिवारको इच्छाविपरीत जाँदा गर्नुपर्ने हरेक खाले सङ्घर्ष ।सिनेमा खेल्नु हमालको चाह यत्ति थियो । सिनेमा खेलेर हिरो बनियोस् या नबनियोस् ।