राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि राष्ट्रिय जनता पार्टीले आफूहरूसँगकुनै छलफल नगरेको समाजवादी पार्टीले स्पष्ट पारेको छशुक्रबार पार्टी कार्यालय बालकुमारीमा पार्टीका नेताहरूसँग छलफल गर्दै समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राजपाले निर्वाचनमा सहकार्यको प्रस्तावै नगरी हल्ला फैलाएको बताएका हुन्।गत पुस ३गते नेकपा र राजपाबीच राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २मा तालमेल गर्ने सहमति भएको थियो। त्यो बेला राजपा नेताहरूले कांग्रेस राजपा र समाजवादीबीचमा चुनावी तालमेल गर्न समाजवादी पार्टी नमानेको प्रतिक्रिया दिएका थिए।समाजवादी पार्टी नमानेपछि आफूहरूले नेकपासँग चुनावी गठबन्धन गरेको समेत राजपा नेताहरूको भनाइ थियो। नेताहरूसँगको भेटमा अध्यक्षद्वयले भने निर्वाचनमा तालमेल नगरेर राजपाले धोका दिएको बताएको समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका सहयोगी महेश चौरासीयाले सेतोपाटीलाई बताए।मंसिर २६गते हामी दुई राजेन्द्र महतोजीको घरमा गएका थियौं। पार्टी एकता गर्ने सम्बन्धमा उत्साहजनक ढंगले कुराकानी भयो दुई अध्यक्षको भनाइ उदृत गर्दै चौरासियाले भनेतर त्यो भेटमा निर्वाचनमा तालमेल गर्नेबारे कुनै प्रसंगै आएन। हामीसँग छलफल नगरी नेकपासँग चुनावी तालमेल गरेर त्यसको दोष पनि हामीलाई नै लगाउन थालेका छन्। हामीले यसको भ्रम मेटाउनु पर्छ