नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाद्वारा दुःख व्यक्त !

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाद्वारा दुःख व्यक्त !

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाद्वारा दुःख व्यक्त !

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य ललनकुमार रायको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।महासमिति सदस्य रायको आज बर्दिवास नजिक बस दुर्घटनामा परी निधन भएको हो । काठमाडौँबाट महोत्तरीतर्फ जाँदै गरेको गङ्गोत्री यातायातको बस ट्रकमा ठोकिँदा दुर्घटना भएको थियो । स्व रायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक कुशल सङ्गठन कर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् महोत्तरीको मनरा सिसुवा नगरपालिका–९ निवासी स्व राय संविधानसभा सदस्य निर्वाचन २०७० मा महोत्तरी निर्वाचन क्षेत्र नं ४बाट काँग्रेसको उम्मेदवार थिए।उक्त दुर्घटनामा काँग्रेस महोत्तरीका क्षेत्रीय सभापति राधवेन्द्र झा र नेता जयप्रकाश चौधरी समेत गम्भीर घाइते भएको काँगे्रसले जनाएको छ घाइतेको जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको छ

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account